नयाँ भर्सनमा ‘जाऊँ साइँली बेनी बजार’
‘जाऊँ साइँली बेनी बजार’को नयाँ भर्सन सार्वजनिक भएको छ। लोकगायक स्वर्गीय पदम बिस्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा बजारमा आएको हो।
चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन
निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा दिउँसो काठमाडौँमा निधन भएको छ ।
डान्सबारमा हिंसा : अधिकांश कलेज पढ्ने किशोरी
काठमाडौं उपत्यकाको दोहोरी साँझ, डान्स बार तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा प्रवेश गर्ने अधिंकाश कक्षा दशदेखि १२ सम्म पढ्ने बालबालिका पाइएको एक अध्ययनले देखाएको छ ।
‘बलिदान’ ले अडिसन लिने
चलचित्र ‘बलिदान’ ले अडिसनमार्फत कलाकार छनोट गर्ने भएको छ । सो प्रयोजनका लागि आसुसेन फिल्मले अडिसन आह्वान गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार इच्छुक र योग्य व्यक्तिले खुला प्रतिस्पर्धाबाट चलचित्रमा बाजी मार्न सक्ने छन् । चलचित्रमा मधेशी संस्कृति र सौन्दर्य झल्किने महिला कलाकार आवश्यकता रहेको बताइन्छ । ‘बलिदान’ को प्रमुख भूमिकामा समीर भट्ट देखिँदै हुनुहुन्छ । चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेतृ ऋचा शर्माले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । ‘बलिदान’ छायाङ्कनका लागि इटहरीमा सेट डिजाइनको काम भइरहेको जनाइएको छ ।
सिडी विजयको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसाको अभिनय
गायक सिडी विजय अधिकारीको ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
चलचित्र 'बोक्सीको घर'को व्यापार उत्साहजनक
चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।
सङ्गीत उद्यमी सूर्यलाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड
नेपालका चर्चित तथा लोकप्रिय सङ्गीत उद्यमी सूर्यबहादुर मगरले टेक्नोलोजी एक्सिलेन्स २०२४ अवार्ड प्राप्त गर्नुभएको छ । हिजो शनिवार काठमाडौंको पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला र डमसोल टेक्नोलोजी मानव सद्भाव नेपालकी प्रमुख तथा कार्यकारी अधिकृत नमिता घिमिरेले संयुक्तरुपमा सूर्यलाई सो अवार्ड हस्तान्तरण गर्नुभयो ।
फेसन फेस्टिभल हुँदै
फेसन नेटवर्क नेपालले नेपाल फेसन फेस्टिभल आयोजना गर्ने भएको छ । देशको युवा र दक्ष जनशक्तिलाई बजारसँग जोड्न उक्त फेस्टिभल आयोजना गर्न लागिएको हो । कलाकार प्रशान्त ताम्राकारका अनुसार जेठको ११ देखि १३ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल सञ्चालन गरिने छ । युवा र महिला सशक्तीकरणमा जोड दिइएको फेस्टिभलमा फेसन, सौन्दर्य र जीवनशैलीलाई मुख्य प्रस्तुतिका रूपमा राखिने छ । नेपाली डिजाइनर, स्वदेशी वस्तु, स्वदेशी ब्रान्ड आदिको बजार व्यवस्थापन र बजार र विक्रेताबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको जनाइएको छ । फेस्टिभलमा प्रदर्शनीसहित ६० वटा स्टल रहने जनाइएको छ ।
‘आँखा’ मा रङ्गकर्मीकै बाहुल्य
सामाजिक विषयवस्तुमा निर्मित चलचित्र ‘आँखा’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । लामा सिनेमा प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘आँखा’ ले आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि कति गहिराइसम्म मानिस जान्छन् भन्ने मार्मिक दृष्टिकोण व्यक्त गरेको छ । चलचित्र निर्देशक जोन योञ्जनका अनुसार दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधिभित्रको रमाइलो कथा ‘आँखा’ हो । चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा रहेको छ । चलचित्रमा रङ्गकर्मीमा ख्याति कमाएका बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराललगायत कलाकारको अभिनय रहेको छ ।
‘फर्की फर्की’ र ‘चरी बस्यो बनैमा’
चलचित्र ‘फर्की फर्की’ को ‘फर्की फर्की आउँछु म..’ बोल गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा अनमोल र जसिताको जोडी देख्न सकिन्छ । चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका रहेको छ । ‘फर्की फर्की आउँछु म’ गीतमा रोमन वज्राचार्य र निखिता थापाको आवाज रहेको छ । रोहित अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा रवि काफ्ले र समृद्धि अर्यालको समेत अभिनय रहेको छ । सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र जेठ १० देखि प्रदर्शन गरिने जनाइएको छ ।
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रूपमा प्रदर्शनरत छ ।
राष्ट्रिय पुरस्कारको निवेदन आह्वान
चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ । बोर्डको २४ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै छ । बोर्डले पुरस्कारका लागि वैशाख २१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारका लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्ने जनाइएको छ । विशेष चलचित्रका लागि २०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रले आवेदन दिन सक्ने छन् ।
छैटौँ सातामा ‘महाजात्रा’
षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि महाजात्रा चलचित्र ५१ औँ दिनको यात्रामा अघि बढिरहेको छ । प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य सोसहित फिल्म प्रदर्शन भइरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला चलचित्रझैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ । निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठुलो सफलता रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो बजार मानिने अस्ट्रेलियाको सिड्नीमा मात्र फिल्मको ३५ सो भइसकेको छ ।
कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’ : ‘माइण्ड ब्लोइङ’
शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर शो भएको हो ।
सिने रोयललाई अवार्ड
बाँकेको नेपालगन्जमा सञ्चालित सिनेरोयल सिनेमा थिएटरले सर्वश्रेष्ठ सिनेमा हलको अवार्ड पाएको छ । आठ महिनाअघि सो सिनेमा हल स्थापना गरिएको थियो । सिनेरोयलका सञ्चालक डा. राहुल थापाका अनुसार बक्स अफिस इन्टरनेसनल ग्रुपले नेपाली चलचित्र अवार्ड–२०८० को १८ औँ संस्करणमा सिने रोयललाई उपत्यकाबाहिरको सर्वश्रेष्ठ सिनेमा हल अवार्ड प्रदान गरिएको हो ।
‘उपलब्धिको समीक्षा गर्दै अघि बढ्नु पर्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको मूर्त तथा अमूर्त सम्पदाको विकासमा प्राप्त गरेका उपलब्धिको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । मन्त्री तामाङले गीत/सङ्गीत, नाटक र नृत्य विधाको उन्नतिका लागि प्रतिष्ठानले पाएका जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा पनि सजग हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री तामाङले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।
‘अँध्यारो उज्यालो’ र ‘निरमाया’ सार्वजनिक
किशोर विश्वकर्माको शब्द रचना रहेको गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक गरिएको छ । ‘सङ्गीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आरसी रिमालको स्वर र करणराज कार्कीको सङ्गीत रहेको छ । विषम आचार्यले सङ्गीत संयोजन गर्नुभएको छ । यसैबिच गायक कृष्ण विकले ‘निरमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । गीतमा गायिका स्मिता दाहालसँग गायक विकले गाउनुभएको छ । प्रेमिल भावको गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ ।
‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ चलचित्र सर्वोत्कृष्ट भएको छ । निर्देशनमा चलचित्र ‘दिमाग खराब’ का निर्देशक निश्चल बस्नेत सर्वोत्कृष्ट हुनुभएको छ । रामेछापमा शनिबार सम्पन्न महोत्सवमा चलचित्र ‘दिमाग खराब’ की स्वस्तिमा खड्का सर्वोत्कृष्ट नायिका र चलचित्र नाङ्गो गाउँबाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता बन्नुभएको छ ।
चलचित्रमा कलाकार नयाँ व्यस्त, पुराना सुस्त
चलचित्रमा नवप्रवेशीको सङ्ख्या बढ्दै गइरहेका बेला पुराना स्थापित कलाकार भने चलचित्र क्षेत्रबाट टाढा हुन थालेका छन् । पुराना कलाकारको चलचित्रमा उपस्थिति निकै पातलो देखिन थालेको छ । दशकअघिसम्म नायक निखिल उप्रेतीको फोटो पोस्टरमा आए मात्र पनि चलचित्र चल्ने पक्कापक्की जस्तै हुन्थ्यो । चलचित्र निर्देशकहरूले ‘एक्सन’ चलचित्रका लागि निखिलकै नाम पहिला लिने गर्थे तर पछिल्ला दिनमा निखिल यो क्षेत्रबाट गुमनाम जस्तै छन् ।
‘मनसरा’ टोली पोखरामा
चलचित्र ‘जारी’ को निर्देशकबाट चर्चा कमाउनुभएका उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ यही वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ । प्रदर्शनको दुई हप्ताअघि मनसराको टोली प्रचारका लागि शनिबार पोखरा आइपुगेको छ । पोखरामा पत्रकारमाझ निर्देशक सुब्बाले मनसरामा यसअघि आएका बनाएका चलचित्रभन्दा पृथक् कथा भएको दाबी गर्नुभयो । नेपालमा पाइने ‘मनसरा’ धानको जस्ता विशेषता चलचित्रमा पनि रहेको उहाँ बताउनुहुन्छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायतको अभिनय छ । कथाकार, कविका रूपमासमेत चर्चित निर्देशक सुब्बाकै कथा लेखन रहेको यो चलचित्रका कार्यकारी निर्मातामा सिजन दाहाल हुनुहुन्छ । आफूले पर्दामा समाजका दुःखसुख र यथार्थ देखाउन खोजेको सु
‘महाजात्रा’ को व्यापार उत्साहजनक
चलचित्र ‘महाजात्रा’ प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपियाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपियाँ कमाइ भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवर्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता दीपेश खत्रीले बताउनुभयो ।
‘होस्टेल ३’ बन्ने
चलचित्र होस्टेलको तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । चलचित्रमा सशान कँडेलको निर्देशन तथा लेखन रहने छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउन लागेको हो । निर्माताका रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहनुभएको छ । होस्टेलमा बसेर अध्ययन गरिरहेका युवाको घटनामा आधारित चलचित्र रहने निर्देशक कँडेलले बताउनुभयो ।
चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
तेस्रो ग्रामीण चलचित्र महोत्सव सुरु
'आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र' भन्ने मूल नाराका साथ आजदेखि तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव सुरु भएको छ।