• ३ साउन २०८१, बिहिबार

प्रमीला र रचनाको ‘माया गर्छु’मा गरिमाको अभिनय

blog

काठमाडौँ, असार २९ गते। गीतकार प्रमीला बस्तीको शब्द सिर्जना रहेको ‘माया गर्छु भन्न पनि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  मनोविद्समेत रहनुभएकी गीतकार प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा  विश्वनाथ प्रेमको सङ्गीत  छ। 

किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा  शम्भु तुण्डकारको मिक्सिगं तथा मास्टरिगं रहेको छ।  दुई दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशील रहँदै आएका  निर्देशक कृष्ण देव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा मोडल गरिमा शर्मा र  प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ।

उत्सव दाहालको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकाश ज्ञवालीले गर्नुभएको हो।