• १० मंसिर २०८१, सोमबार

‘आउट–लः दफा २१९’

blog

काठमाडौँ, असार २१ गते । सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘आउट–लः दफा २१९’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । चलचित्रमा आर्मीको हेलिकोप्टर प्रयोग गरिएको छ । सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतूहल पैदा गर्छ । 

अमित अग्रहरिको निर्माण र विक्की महर्जनले निर्देशन गरेको चलचित्रको लेखन विक्की महर्जनकै रहेको छ । चलचित्रमा नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनलगायतको अभिनय रहेको छ । चलचित्रलाई नवीन गुरुङको छायाङ्कन र साहिल खानले सम्पादन गर्नुभएको छ ।