नेपालमा अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षण बढाइने
सरकारले अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।
बालेन कान्स चलचित्र महोत्सवमा सहभागी हुँदै
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लाग्नुभएको हो । सो महोत्सव तीन दिनसम्म आयोजना हुने छ । नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकनमा सहभागी हुने कार्यक्रम तय भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
बेजोड संवाद ‘मनसरा’
साहित्यकार उपेन्द्र सुब्बालाई पहिलो चलचित्र ‘जारी’ ले निर्देशकका रूपमा स्थापित बनायो । अब ‘मनसरा’ ले पनि सुब्बालाई त्यो ‘हाइप’ सम्म पुर्याउन कत्तिको सफल हुन्छ त्यो हेर्न बाँकी छ । जारी जस्तै चलचित्र मनसराको सशक्त पक्ष यसको संवाद हो । जारीमा पात्र नामसाङ पोइल गएकी स्वास्नी फिर्ता ल्याउँदा पनि ‘नामर्द’ ठहरिएको थियो भने मनसरामा रिसाएकी स्वास्नी फकाउन नजान्ने र स्वास्नीमाथि सौता हाल्ने ‘नामर्द’ ठहरिएको छ ।
सतीदेवी साउन ४ मा रिलिज हुने
चलचित्र ‘सतीदेवी’को साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ । फस्टलुक पोष्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।
श्रेजुको र्याप गीत ‘जय होस्’
गायिका श्रेजु वाग्लेको स्वरमा रहेको र्याप गीत ‘जय होस्’ सार्वजनिक भएको छ । शेखर वाग्ले–सिडको शब्द र सङ्गीत रहेको गीतमा डिजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।
महाजात्राले मनायो ५१ दिन
चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ ले शनिबार ५१ औँ दिन मनाएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको चलचित्रले अघिल्ला झैँ यस पटक पनि ५१ औँ दिनको यात्रा पार गरेको हो । चलचित्रले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो ।
नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : अभिनेता आचार्य
अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘हिरामान्डी’ मा विद्रोहको स्वाद
निर्देशक तथा निर्माता सञ्जय लीला भन्सालीको चलचित्र ‘गङ्गुबाई काठियावाडी’ को कथा मुम्बईको वेश्यावृत्ति बजारमा आधारित थियो । यस पटक त्यही कथा लाहोरसम्म आइपुगेको छ । यो कथा हो ‘हिरामान्डी’ अर्थात् ‘द डायमन्ड मार्केट’ ।
उकालो चढ्दाचढ्दै फुर्यो रेशम फिरिरी
विन्ध्यवासिनीबाट बुद्धिबहादुर एक्लै सराङकोटतिर लाग्नुभयो । उहाँ खाली खुट्टा उकालिँदा घरि चराले बेग मारेको देख्नुहुन्थ्यो, घरि किरा उडिरहेको । भोक र थकाइले लखतरान रसिक तन्नेरीलाई करिब दुई घण्टा हिँड्नु नै थियो, उड्न कहाँ सक्नुहुन्थ्यो र ! एकाएक उहाँ गुन्गुनाउन थाल्नुभयो–
पुजार सार्कीमा दलितको कथा
जातीय विभेदको विषयवस्तु समेटिएको चलचित्र ‘पुजार सार्की’ को भिडियो प्रवर्धन सामग्री मङ्गलबार सार्वजनिक गरिएको छ । पुजार सार्कीमा दलित समुदायले पाएको दुःख, कष्ट र हन्डरलाई देख्न सकिन्छ ।
‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक
टोरोन्टो र बुसान चलचित्र महोत्सवमा चर्चा बटुलेको चलचित्र ‘गाउँ आएको बाटो’ अब नेपालमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रको निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको छ । टिजरमा परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबिचको सङ्घर्ष चलचित्रको कथाले देखाउन खोजेको सङ्केत गर्छ ।
आश्रम सहयोगार्थ आनीको कन्सर्ट
नवसेवा आश्रमको सहयोगार्थ आनी छोइङ डोल्माले संयुक्त अधिराज्य (बेलायत) मा आयोजित एक कन्सर्टमा गीत प्रस्तुत गर्नुभएको छ । मानव सेवा आश्रम युके च्याप्टरद्वारा आइतबार साँझ लन्डनमा आयोजित ‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा गायिका आनीले जीवन, जगत् र प्राणी हित प्रवर्धन गर्ने खालका केही गीत प्रस्तुत गर्नुभएको थियो ।
ढुङ्गानालाई ‘मिस इन्टर–कन्टिनेन्टल’ उपाधि
‘मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४’ को उपाधि डा. आयुष्नोभा ढुङ्गानाले प्राप्त गर्नुभएको छ । डा. ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४’ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नुभएको हो । प्रतियोगितामा ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेतासमेत छानिएको थियो । त्यस अन्तर्गत सजिना खनालले ‘मिस सुप्रा नेसनल–२०२४’ तथा धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि हात पार्नुभयो । प्रतियोगिताको अर्को महत्वपूर्ण ‘मिस ग्लोबल नेपाल–२०२४’ को उपाधि मोनिका अधिकारी तथा ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको थियो ।
बस्ताकोटीलाई व्यङ्ग्यचित्र पुरस्कार
हिमालयन टाइम्सका कार्टुनिस्ट महेश बस्ताकोटीलाई शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१ प्रदान गरिएको छ । १० हजार रुपियाँ राशिको सो पुरस्कार विश्व कार्टुनिस्ट दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा आइतबार प्रदान गरिएको हो । कार्टुनिस्ट क्लब नेपालद्वारा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजित कार्यक्रममा पुराना कार्टुनिस्ट तथा पूर्वमन्त्री रमेशनाथ पाण्डेले सो पुरस्कार प्रदान गर्नुभएको हो । उहाँले पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकाले कार्टुनिस्टको पनि विशेष दायित्व र महत्व हुने बताउनुभयो ।
बलिउड चलचित्रको घट्दै बोलवाला
नेपाली बजारमा हिन्दी चलचित्रको दबदबा दुई/तीन वर्षअघिसम्म ज्यादै थियो । बलिउडमा सार्वजनिक भएको केही दिनमा नेपाली बजारमा ती चलचित्र आइपुग्थे । नेपाली दर्शकमा समेत नेपाली चलचित्रभन्दा हिन्दी र अङ्ग्रेजी चलचित्रको प्रतीक्षा ज्यादा हुने गरेको थियो । तराईदेखि पहाडका चलचित्र घरमा हिन्दी चलचित्रकै बोलवाला थियो । नेपाली चलचित्रभन्दा हिन्दी र अङ्ग्रेजी चलचित्रले अर्थ सङ्कलनसमेत राम्रै गर्ने हुनाले हल मालिक पनि नेपालीभन्दा अन्य भाषाकै चलचित्र लगाउन तयार हुन्थे । चलचित्र विकास बोर्डको प्रमुख आयस्रोत नै हिन्दी र अङ्ग्रेजी चलचित्रबाट विकास शुल्कका नाममा प्राप्त हुने रकम हुने गरेको छ । अहिले परिस्थिति फेरिएको छ । यो वर्ष बलिउड चलचित्र प्रदर्शनका लागि नेपाल गलत गन्तव्य साबित भएको छ । यो महिना नेपाली चलचित्र घरमा त्यस्तो कुनै पनि नाम चलेका बलिउड चलचित्र प्रदर्शनमा आएको छैन ।
बालचलचित्र प्रदर्शन
चलचित्र विकास बोर्डको विशेष सहकार्यमा शैली थिएटरले बालचलचित्र प्रदर्शनी तथा संवाद सम्पन्न गरेको छ । शुक्रबार आयोजित ‘नेपालमा बाल चलचित्रको महत्व र आवश्यकता’ विषयक संवाद कार्यक्रमका वक्ताले बालबालिकाका लागि चलचित्र कम बन्ने गरेको धारणा व्यक्त गर्नुभएको छ ।
टिकटकरबाट फिल्मतिर
टिकटक र ‘भिडियो कन्टेन्ट क्रियटर’ को रूपमा चर्चित पारस बमले चलचित्र ‘होस्टल’ को तेस्रो भाग ‘होस्टल ३’ मा अभिनय गर्नुहुने भएको छ । ‘कुल ब्वाई’ को नामबाट चर्चित पारस बम चलचित्रको महत्वपूर्ण भूमिका र प्रमुख पात्रमध्ये एकका लागि लिइएको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । होस्टलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको चलचित्रबाट डेब्यु गर्न लागेका पारस गायकसमेत हुनुहुन्छ ।
निःसन्तान दम्पतीको कथा लिएर ‘मनसरा’
उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निःसन्तान दम्पतीको व्यथा, हराएका पात्रको पुनर्मिलन, अन्तरजातीय सम्बन्ध जस्ता कथा, उपकथा वरिपरि चलचित्रमा घुमेको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईलगायत कलाकारको अभिनय रहेको छ । कथाकार, कविका रूपमा समेत चर्चित निर्देशक सुब्बाकै कथा लेखन रहेको सो चलचित्रका कार्यकारी निर्मातामा सिजन दाहाल हुनुहुन्छ । चलचित्रमा समाजका दुःखसुख र यथार्थ देखाउन खोजेको लेखक सुब्बाले बताउनुभयो ।
दलित आयोगमा ‘पुजार सार्की’
जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो राखेको छ । आयोगले चलचित्रका निर्माता तथा निर्देशक समूहसँग छलफल तथा स्वागत गरेको हो । चलचित्रका अभिनेतृद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीले पुजार सार्की निर्माको पृष्ठभूमिबारे आयोग पदाधिकारीलाई जानकारी गराउनुभएको थियो । चलचित्रका लेखक विकस सुवेदीले पुजार सार्की आफूले देखेको घटनामा आधारित भएर लेखिएको बताउनुभयो ।
मैथिली चलचित्र ‘लेबर’ घोषणा
निर्देशक पुर्णेन्दु के झाले चलचित्र ‘लेबर’ को घोषणा गर्नुभएको छ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सो चलचित्रको घोषणा गरिएको हो । पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा बिदेसिन बाध्य नेपालीको कथालाई प्रस्तुत गरिने जनाइएको छ । निर्देशक झाले मजदुर र सरकारबिचको कथा चलचित्र ‘लेबर’ ले भन्ने बताउनुभयो । चलचित्रमा उत्पल झा, रामभजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।
गायक जुजुकाजी रञ्जितको एकल साँझ (फोटो फिचर)
नेपाल भाषाको पाक्षिक पत्रिका ‘पेज ३’ को ४०० अंक प्रकाशित भएको अवसरमा गायक जुजुकाजी रञ्जित लाइभ कन्सर्टमा लागि मंगलबार राति दक्षिणकाली नगरपालिकास्थित छैमली रिसोर्टमा सांगीतिक प्रेमीको भीड लागेको थियो ।
बेलायतमा नेपाली कन्सर्ट हुँदै
नवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ ।
वेभ सिरिजतिरै दर्शक
एउटा समय थियो, टेलिशृङ्खला हेर्न टेलिभिजनमा झुम्मिने । रामायण, महाभारत, चन्द्राकान्तालगायत सयौँ टेलिशृङ्खलाले दर्शकलाई लट्ठै पाथ्र्यो । जनैको साँचो, कालीगण्डकीको तिर, तिलहरी, मेरीबास्सै, हिजोआजका कुरा, तितोसत्य, १५ गते, १२ बजे, ख्वटाबजीलगायत थुप्रै टेलिशृङ्खलाको सम्झना टेलिभिजनका दर्शकले अझै गर्दै छन् । अब त्यो कथा बन्यो । बदलियो दर्शकको रुचि । प्रविधिको द्रुत विकाससँगै दर्शकको रोजाइ बनेको छ, वेभ सिरियल । सामाजिक, पारिवारिक र हास्यमिश्रित वेभ सिरिजको बाहुल्य नेपाली समाजमा छ । वेभ सिरिज अर्थात् ओटिटी (ओभर दी टप) प्लेटफर्म नेपालमा लोकप्रिय बन्दै गएको छ । नेपाली वेभ सिरिज ‘डियर लभ’ सन् २०१९ मा ओटिटी माध्यम ‘आइफ्लिक्स’ मा पहिलो पटक प्रदर्शन भएको थियो ।
भिडियो सार्वजनिक
कवि दुर्गालाल श्रेष्ठको नेपाल भाषा गीत ‘घाः जुयाः जक ख्वैगु खः’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । महर्जन रत्न निर्देशित उक्त गीतमा एनएम म्युजिकको प्रस्तुति रहेको छ ।