• ३ साउन २०८१, बिहिबार

सुनिताको ‘बिजुली चमक्क’

blog

काठमाडौंँ, साउन ३ गते । गायिका सुनिता बुढाक्षेत्रीको तिज गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गीतमा सङ्गीतकार कस्तुप पन्तको शब्द र सङ्गीत रहेको छ ।

सार्वजनिक भएको २४ घण्टामा एक लाख ७४ हजारले हेरिसकेको ‘बिजुली चमक्क’ गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सेनाले गर्नुभएको छ । करण चैसिरको छायाङ्कन र शिव पौडेलको सम्पादन रहेको भिडियोको निर्माण उमङ फिल्मले गरेको हो । भिडियोमा अञ्जली अधिकारीको उत्तेजक नृत्य देख्न सकिन्छ । 

चलचित्रको गीत शैलीमा निर्माण गरिएको भिडियोमा कोरसको प्रयोग गरिएको छ ।