• ३ साउन २०८१, बिहिबार

खगेन्द्रलाई ‘घर नम्बर २’ उपहार

blog

काठमाडौँ (गोरखापत्र), असार ३० गते । अभिनेता खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा शनिबार उहाँलाई उपहार स्वरूप चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा निर्माणपक्षले अनुबन्ध गरेको छ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र साउन २५ गतेबाट छायाङ्कनमा जानेछ । ए प्लस इन्टरटेनमेन्ट र नटराज व्रिmएसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अन्य कलाकार फाइनल भइसकेको छैन । 

बुद्धिसागरको लेखन रहने चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माताको रूपमा हुनुहुन्छ भने कार्यकारी निर्माता युवराज कार्की रहनुभएको छ ।