• १९ असोज २०८१, शनिबार

सन्दीपले निःशुल्क हँसाउने

blog

काठमाडौँ, असार २२ गते । हास्यकलाकार सन्दीप क्षेत्रीले ‘लाफ्टर फर लाइफ’ मार्फत दर्शक हँसाउने प्रयास थाल्नुभएको छ । झम्सिखेलमा अवस्थित मोक्ष बारमा महिनैपिच्छे हास्य मनोरञ्जनको कार्यक्रम हुँदै छ । जहाँ सन्दीपले एकल प्रस्तुति दिनु हुने छ । कलाकार सन्दीपका अनुसार “अहिले हामीले छ वटा सोको तयारी गरेका छौँ । हरेक सोमा फरक फरक पेसा व्यवसायका मान्छेलाई आमन्त्रण गर्ने छौँ ।”

उहाँका अनुसार निश्चित पेसा व्यवसायका दर्शक छन् भने उनीहरूलाई लक्षित गरेर आफ्नो प्रस्तुति दिन पाइन्छ । यसले उनीहरूलाई बढी स्पर्श गर्छ । कार्यक्रम हेर्न शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय ‘गुणको बदला गुण तिरे जस्तै’ भएको कलाकार क्षेत्रीले बताउनुभयो ।