• १९ असोज २०८१, शनिबार

‘बिहे गर्ने कि नगर्ने’

blog

काठमाडौँ (गोरखापत्र), असार २३ गते । चलचित्र ‘बेहुली फ्रम मेघौली’ को गीत ‘बिहे गर्ने कि नगर्ने’ सार्वजनिक गरिएको छ । अविवाहितलाई समाजले गर्ने प्रश्न र व्यवहारलाई गीतमा समेटिएको छ । 

चलचित्र गीतमा प्रदीप खड्का, दीपाश्री निरौला, धीरज मगर, नाजिर हुसेन, साम्राज्ञी आरएल शाह, बेनिसा हमाल र शिल्पा मास्केलगायत कलाकारको अभिनय रहेको छ । गीतमा स्वस्तिमा खड्का र निश्चल बस्नेतसमेत देखिनुभएको छ । कुशल पोखरेलको शब्द रहेको गीतमा रोहित शाक्यले सङ्गीत दिनुभएको छ । गीतको सम्पादन अङ्कित खान ठकुरीले गर्नुभएको छ ।