• ६ असार २०८१, बिहिबार

‘गाजलु नयन’ सार्वजनिक

blog

काठमाडौँ , जेठ ३१ गते । रमेशकुमार बस्नेतको शब्द, दाउद राईको सङ्गीत र स्वरमा ‘गाजलु नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा ममता गुरुङले स्वरमा साथ दिनुभएको छ । 

म्युजिक भिडियोलाई दाउदले नै निर्देशन गर्नुभएको छ । भिडियोमा सुरेश कोली, स्मारिका ढकाल, पुनम श्रेष्ठ, रोहन खत्रीलगायत कलाकारको अभिनय छ । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रामचन्द्र राईले छायाङ्कन गर्नुभएको छ ।