• १ चैत २०८२, आइतबार

जिल्ला अस्पतालमा ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना

blog

अस्पतालका स्थापना गरिएको जेने एक्स्पर्ट ल्याब देखाउँदै चिकित्सक तिवारी ।तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, चैत्र १ गते । हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना भएको छ ।

सात वर्ष लामो प्रयासपछि राष्ट्रिय क्षय रोग केन्द्रले उक्त महङ्गो ल्याब जिल्ला अस्पताल हुम्लालाई उपलब्ध गराएको हो ।जिन एक्स्पर्ट ल्याबका लागि विगत सात अगाडिदेखिको प्रयासले यस पटक सार्थकता पाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताउनुभयो । 

ल्याव जिल्ला अस्पतालाई उपलब्ध भएसँगै स्थापना गरेर क्षय रोगको लागि खकार परिक्षण कार्य सुरु भएको उहाँले बताउनुभयो । ल्याव स्थापना भएसँगै एघार जनाको स्वाव परीक्षण गर्दा एक जनामा क्षय देखिएको उहाँले बताउनुभयो ।

उक्त ल्याब स्थापना भएपछि यसको सञ्चालनका लागि एक जना जनशक्तिलाई पन्ध्र दिने तालिमका लागि समेत पठाइएको थियो । तालिम पश्चात ती कर्मचारीले ल्याब सञ्चालन गर्नु भएको हो ।

यसअघि सो ल्याब स्थापना नहुँदा क्षय रोगको आशङ्का लागे बिरामीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको यसको परीक्षणका लागि हवार्य भाडा मात्र पचास हजार भन्दा बढी खर्च गर्नु पर्ने हुन्थ्यो ।

अस्पताल मै जिन एक्स्पर्ट ल्याब स्थापना भएपनि हुम्ला जिल्लाभरका बिरामीलाई सहज र निशुल्क रुपमा आफ्नो उपचार गर्न पाउने भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य परीक्षण गर्न पनि तापक्रम हेरेर आधादेखि एक घण्टासम्म समय लाग्ने गरेको छ । यो विश्व मै नयाँ आएको अत्याधुनिक ल्याब हो । यसको मुख्य मात्र ५२ लाख परेको अस्पतालले जनाएको छ ।

खोकी बढी लागेपछि क्षय रोगको आशङ्का चिकित्सकले गर्दा बीस दिन अगाडि एक जना जिल्ला अस्पताल पुगेकी बिरामी जौका सुनारलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

यसका लागि मात्र उहाँले डेढ लाख रुपियाँ खर्च भएको बताउनुभयो । केही समय अगाडि जिल्ला अस्पतालमा बायोमेट्रिक ल्याब पनि स्थापना गरिएको थियो । दुर्गमको अस्पतालमा अब अत्याधुनिक मेसिनहरू जडान हुने कार्य जारी रहेको छ ।