• १ चैत २०८२, आइतबार

बार्सिलोनासँग अङ्क दूरी घटाउँदै रियल

blog

गोल गरेपछि रियलका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, चैत १ गते । रियल म्याड्रिडले स्पेनि ला लिगामा बार्सिलोनासँगको दूरी एक अङ्कले घटाएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले इल्चेलाई ४–१ गोलले हरायो । 

रियालको जितमा एन्टोनिओ रुडिगर, फेडेरिको भाल्भर्डे, डिआन हुइजसेन र आर्दा गुलरले गोल गर्नुभयो । रियलले पहिलो र दोस्रो हाफमा समान दुई दुई गोल गरेको थियो ।

इल्चेका लागि रियलका मानुएल एन्जेलबाट आत्मघाती गोल उपहार मिलेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अङ्क बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६७ अङ्क छ । पराजित इल्चेको २६७ अङ्क छ ।

तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ । शनिबार रातिनै भएको खेलमा एट्लेटिकोले  गेटाफेलाई १–० गोलले हराएको थियो । एजेन्सी