• १५ असार २०८१, शनिबार

मिस ग्रान्ड नेपालको घोषणा

blog

काठमाडौँ , असार १३ गते । सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरिएको छ । आयोजक संस्था उमङ्ग क्रिएसनले आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम खुला गरेको जनाएको छ । 

क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्रान्ड नेपाल–२०२४’ का बारेमा जानकारी दिँदै विजेतालाई ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने बताउनुभयो । विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भन्नुभयो, “प्रतियोगितामा सहभागिता जनाउन १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्ने छन् ।” यही असार ३१ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रशान्त ताम्राकार मिस ग्रान्ड नेपाल–२०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा सो निर्देशकका रूपमा रहनुभएको छ । मिस ग्रान्ड नेपाल–२०२४ को ग्रान्ड फिनाले भदौ ११ गते हुने छ ।