• १७ असार २०८१, सोमबार

फरक भूमिकामा नायिका कार्की

blog

काठमाडौँ, असार १५ गते । बाबुसाहेब बलामी निर्देशित चलचित्र ‘माइली’ मा अभिनेतृ प्रियङ्का कार्की आबद्ध हुनुभएको छ । रुना इन्टरटेनमेन्टले प्रियङ्काको तस्बिर सार्वजनिक गरेको हो ।

तस्बिरमा प्रियङ्कालाई ग्रामीण महिलाको चरित्रमा देखाइएको छ । चलचित्र सत्य घटनामा आधारित रहने बताइएको छ, जसमा महिलाको सङ्घर्षलाई मुख्य विषय बनाइएको छ । दलित महिलाको श्रीमान् नभएपछि समाजले कस्तो दृष्टि लगाउँछ ? उसलाई बालबच्चा हुर्काउन कति कठिन हुन्छ ? यही समाजले जातीयताको आडमा महिलालाई कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक बलामीले बताउनुभयो । 

नेपाल र दुबईमा समेत छायाङ्कन हुने चलचित्र असार अन्तिमबाट छायाङ्कन गरिने बताइएको छ । चलचित्रमा शङ्कर अधिकारी ‘घायल’ को गीत रचना, पटकथा र संवाद एवं राजेन्द्र बजगाईंको सङ्गीत रहने छ ।