• २१ असार २०८१, शुक्रबार

‘जन्ते बाख्रो’ आउने

blog

काठमाडौँ, असार ६ गते । चलचित्र ‘जन्ते बाख्रो’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो । प्रदीप भारद्वाजले लेख्नुभएको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ । ग्रामीण परिवेशको कथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रका अन्य कलाकार छनोटका चरणमा रहेको निर्देशक सुनुवारले जानकारी दिनुभयो ।