• १७ असार २०८१, सोमबार

प्रेमविवाहको कथा ‘घरज्वाइँ’

blog

काठमाडौँ, असार १५ गते ।  चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक युवाले बिहेका लागि गर्ने सङ्घर्षवरिपरिको कथालाई ट्रेलरमा समावेश गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेम, विवाहका लागि आर्थिक अवस्था र सोही कारण घरज्वाइँ बस्नुपर्ने बाध्यता र ससुरासँगको खटपटले पतिपत्नीमा आएको समस्या नै चलचित्रको कथा रहेको निर्देशक अनिल बुढामगरले बताउनुभयो । जनक घर्तीमगर निर्माता रहनुभएको चलचित्र अनिल बुढामगरले निर्देशन गर्नुभएको छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनील मगरलगायतको अभिनय छ । 

रुकुमपूर्व आसपासमा छायाङ्कन गरिएको यस चलचित्रका छायाकार सुसन प्रजापति हुन् । चलचित्र असार २८ गते प्रदर्शन हुँदै छ ।