• ५ साउन २०८२, सोमबार

महोत्तरीमा हत्या आरोपमा एक पक्राउ

blog

विमलेश यादवको हत्या आरोपमा पक्राउ परेकी जुली झा । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन ५ गते । महोत्तरीको महोत्तरी गाउँँपालिका–१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहारी गरी एक तलाबाट खसालेर यादवको हत्या भएको थियो । 

हत्या गरेको आरोपमा महोत्तरीकै बलवा नगरपालिकाकी २२ वर्षीया युवती जुली झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । झालाई महोत्तरीको परोलस्थानबाट पक्राउ गरिएको हो । आर्थिक लेनदेख र विवाहेत्तर सम्वन्धका कारण यादवको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार झाले यादवलाई छुरा प्रहारी गरी पहिलो तलाबाट खसालेर घाइते बनाएको थियो । यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पु¥याए पनि आइतबार बिहान ७ः४५ बजे मृत्यु भएको थियो । 

उहाँले भन्नुभयो, अनुसन्धानको क्रममा होटलको सीसीटीभी फुटेजमा महत्वपूर्ण प्रमाण भेटिएको छ । फुटेजमा मृतक यादव राति करिब १० बजे होटलमा प्रवेश गरेको देखिन्छ । त्यसपछि बिहान करिब ३ः५० बजे रगत लत्पपत्तिएको शरीर लिएर होटलको पहिलो तल्लाबाट भुइँमा खसेको देखिन्छ । विमलेश खसेको केही समयपछि अभियुक्त भ¥याङ हुँदै तल झरेर भागेको सीसीटीभी फुटेजमा स्पष्ट देखिन्छ ।

अभियुक्त झालाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।