• १४ असार २०८१, शुक्रबार

विश्व सङ्गीत दिवस

‘लोकसङ्गीतको प्रवर्धनमा पुगेन राज्यको ध्यान’

blog

काठमाडौँ, असार ८ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले विश्व सङ्गीत दिवसका अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तर्क्रिया गरेको छ । सो अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ को नतिजासमेत सार्वजनिक गरिएको छ । 

प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तर्क्रियाले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको चर्चा गर्दै नेपालमा बसोबास गर्ने जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजा रहेकोमा तिनको व्यावसायिकतालाई प्रवर्धन गर्न राज्यको ध्यान नपुगेको बताउनुभयो ।  लुम्बिनी प्रदेशका पूर्वसभामुख घर्तीले नेपाली लोकगीत, सङ्गीत र नाट्य परम्पराको संरक्षणमा प्रतिष्ठानको महìवपूर्ण भूमिका हुनेमा जोड दिनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले यस्ता अन्तव्रिर्mयाले नेपाली सङ्गीतको बाटो तय गर्न महìवपूर्ण भूमिका खेल्ने चर्चा गर्नुभयो । उहाँले नेपाली सङ्गीतमा रहेका विकृति र विसङ्गतिलाई न्यूनीकरण गर्न प्रज्ञा–प्रतिष्ठानले विभिन्न चरणमा छलफल गर्दै आएको र सांस्कृतिक संस्थामार्फत लिखित सुझावको अपेक्षा गर्नुभयो । 

वरिष्ठ गीतकार विश्व वल्लभ, प्रेमनाथ अधिकारी, माधव प्रधान, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापा, जनसांस्कृतिक महासङ्घ नेपालका उपाध्यक्ष डम्बर रोकाया, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठ, गायक चिरन पुन, हेमराज आश्रम, आना इस्टर, झङ्कार बुढालगायतले नेपाली समाज र सङ्गीतका विभिन्न पक्षबारे चर्चा गर्नुभयो ।

उपकुलपति शम्भु राईले ‘राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१’ मा सातै प्रदेशका सात उत्कृष्ट प्रतियोगीको नाम घोषणा गर्नुभयो । प्रतियोगिताका लागि  १९३ वटा गीत प्राप्त भएकामा कोशी प्रदेशबाट तेज राई (नेपाली भाषा), मधेश प्रदेशबाट लीलाराज दाहाल (नेपाली भाषा), बागमती प्रदेशबाट सिर्जना अर्याल (नेपाली भाषा), गण्डकी प्रदेशबाट बाबुराम श्रेष्ठ (नेपाली भाषा), लुम्बिनी प्रदेशबाट वसन्तकुमार आचार्य (नेपाली भाषा), कर्णाली प्रदेशबाट रामकुमार शाही (नेपाली भाषा) र सुदूरपश्चिम प्रदेशबाट धीरज नाथ (डोटेली भाषा) उत्कृष्ट भएको जनाइएको छ ।