शेरबहादुर सार्की
बाजुरा, कात्तिक १२ गते । बाजुराको बुढीगङ्गा नगरपाकिा–५ भानोदय नमुना माविकी शिक्षिका जानकी खड्का डोटीमा मृत फेला परेकी छन् । उहाँ सोमबार घरदेखि सात सय मिटर पर रहेको एक रुखमा झुण्डिएको अवस्थामा फेला पर्नु भएको हो ।
खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उहाँ २०८० फागुन १५ गते भानोदय माविमा नियुक्ती भएको र १८ गते उहाँ नियमित विद्यालय आएर आफ्नो कर्मलाई निरतन्तर दिदै आउनुभएको थियो । उहाँ असोज ६ गतेदेखि दसैँ विदाकोमा घर जानु भएको थियो ।
"आज गाउँ नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको खबर प्राप्त भएपछि अहिले हामी समेत निकै मर्मामित भएका छौं", भानोदय माविका लेखापाल जिवन केसीले भन्नुभयो ।
मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका–११ घर भएका रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक खड्का बाजुराको बुढीगङ्गा नगरपालिका–५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत हुनुहुथ्यो । सोमबार दिउँसो घरबाट सम्पर्कवीहिन भएकी खड्का घरदेखि करिब ७ सय मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेमसम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको हो । अहिले उहाँलाई म्याद थप समेत गरेको वास्तविक कुरा के त्यसको बारेमा छानविन भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो ।