• १४ असार २०८१, शुक्रबार

सञ्जीवले ल्याए ‘स्टिम इन्जिन’

blog

काठमाडौँ, असार ७ गते । गायक सञ्जीव प्रधानले आफ्नो पुरानो गीत ‘स्टिम इन्जिन’ लाई पुनः रेकर्ड गरी भिडियो सार्वजनिक गर्नुभएको छ । म्युजिक भिडियोमा गायक प्रधान र करिश्मा श्रेष्ठको अभिनय रहेको छ । गीतमा कबवेभ ब्यान्डका दिपेश मुल्मीको एरेन्ज रहेको छ । 

काभ्रेको पनौतीका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोलाई सुव्रत आचार्यले कलात्मक रूपमा निर्देशन गर्नुभएको छ । जया शर्माले क्रियटिभ निर्देशन गर्नुभएको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको छ । भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको छ ।