प्रचारमै सीमित ‘बाटो : रोड टु डेथ’
कोरोनाको समयमा बाध्यताले एउटा यात्रा गर्नै पर्ने हुन्छ । त्यही यात्रामा भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अनेकन गतिविधिमाथि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्माण गरिएको छ । प्रदर्शनअघि चलचित्रका बारेमा जे जति प्रचार गरिएको थियो, दर्शकले त्यो पाउने अवस्था छैन । ‘रोड थ्रिलर’ को संज्ञा दिइएको चलचित्रले बलिउड र हलिउडमा बन्ने गरेका ‘जोम्बिया’ को झल्को दिन्छ । चलचित्रभित्र कथाभन्दा थ्रिलरलाई धेरै नै प्राथमिकता दिइएको छ । एउटा यात्रा जो सुहाना (किरण शाही ठकुरी) बाट सुरु हुन्छ र मञ्जिल (उत्पल झा), टोनी (सुलक्षण भारती), कोमल (रक्षा थापा), हरि (अशान्त शर्मा) र माला (पशुपति राई) यात्राको क्रममा आउने अनेकन बाधा अडचनबाट सकिन्छ ।
‘नेपाल आइडल–५’ को उपाधि करणलाई
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो ।
राष्ट्रिय तथा प्रादेशिक पुरस्कारको नाम छनोट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा एवं साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार घोषणा गरेको छ । हरेक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा तथा प्रदेश प्रतिभा पुरस्कार २०८० का लागि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट नाम छनोट गरिएको हो । मन्त्रालयका सहसचिव हेमराज तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान गरिने भएको छ । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ ।
‘सतीदेवी’ को गीतमा पीडा र वेदनाको भाव
चलचित्र ‘सतीदेवी’ को ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । लक्ष्मण सुवेदी निर्देशित चलचित्रको गीतमा पीडा र वेदनाका भाव प्रस्तुत गरिएको छ । सुवेदीकै शब्द रहेको गीतमा सङ्गीत सुभास भुसालको रहेको छ । गीतका शब्द निर्देशक सुवेदी स्वयम्ले लेख्नुभएको हो ।
‘लोकसङ्गीतको प्रवर्धनमा पुगेन राज्यको ध्यान’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले विश्व सङ्गीत दिवसका अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तर्क्रिया गरेको छ । सो अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ को नतिजासमेत सार्वजनिक गरिएको छ । प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तर्क्रियाले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको चर्चा गर्दै नेपालमा बसोबास गर्ने जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजा रहेकोमा तिनको व्यावसायिक
घरज्वाइँको बिन्जुरी
चलचित्र ‘घरज्वाइँ’ को नयाँ गीत बिन्जुरी सार्वजनिक गरिएको छ । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत र स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेमाभावलाई प्रस्तुत गरिएको छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’ का रूपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।
चलचित्रमा सामाजिक रुपान्तरणको कथावस्तुले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई आग्रह गर्नुभएको छ।
सञ्जीवले ल्याए ‘स्टिम इन्जिन’
गायक सञ्जीव प्रधानले आफ्नो पुरानो गीत ‘स्टिम इन्जिन’ लाई पुनः रेकर्ड गरी भिडियो सार्वजनिक गर्नुभएको छ । म्युजिक भिडियोमा गायक प्रधान र करिश्मा श्रेष्ठको अभिनय रहेको छ । गीतमा कबवेभ ब्यान्डका दिपेश मुल्मीको एरेन्ज रहेको छ । काभ्रेको पनौतीका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोलाई सुव्रत आचार्यले कलात्मक रूपमा निर्देशन गर्नुभएको छ । जया शर्माले क्रियटिभ निर्देशन गर्नुभएको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको छ । भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको छ ।
लिटिल मिस एण्ड मिस्टर नेपाल आइडलकाे उपाधि बिप्सना र स्वयंलाई
लिटिल मिस एण्ड मिस्टर नेपाल आइडल २०२४ को जुनियरतर्फकाे उपाधि बिप्सना राजवाहक र सिनियरतर्फकाे उपाधि स्वयम थामीले जित्नुभएकाे छ।
दर्शकले रुचाए ‘ढोल साहेना गाअन्’
पूर्वी तराईबाट ढोल र सनई (साहेना) सहित आएका १५ जनाको राजवंशी समूहले सांस्कृतिक संस्थानको प्रेक्षालयमा लोकनाच ‘ढोल साहेना गाअन्’ प्रस्तुत गरिरहँदा प्रेक्षालयमा एक खालको एकाग्रता छाएको थियो । ढोल र सनईको तालमा राजवंशी भाषामा गायन र नृत्यले प्रस्तुतिमा फरक स्वाद दिएको थियो । भाषा नबुझिए पनि लोकनाचको मौलिक भावभङ्गीले दर्शकलाई तानेको थियो । सांस्कृतिक संस्थानले ५२ औँ वार्षिकोत्सवमा बुधबार आयोजित लोकगीत सङ्गीत, लघुनाटक र वाद्यवादन प्रस्तुतिमा ढोल सोहना गाअन् र तराई भेगकै लठ्ठहवा नाच (लट्ठीनाच) ले सबैको मन जितेको थियो । यो नाचमा ढोल र सनई अनिवार्य मानिन्छ । समाजका सुख, दुःख, माया पिरती, हास्य जस्ता विषयमा गाअन्को रचना गरिएको हुन्छ । संस्थानको वार्षिकोत्सव तथा ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १३ औँ शृङ्खलाको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाली मूर्त तथा अमूर्त कलाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रस्तुतीकरण र दस्ताबेजीकरणलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री तामाङले नेपाली अमूर्त संस्कृतिमा रहेको विविधताको संरक्षण गरी त्यसलाई पर्यटन विकासमा सँगसँगै लैजानुपर्नेमा जोड दिँदै अमूर्त संस्कृतिको पुस्तान्तरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले अमूर्त सम्पदाको सांस्कृतिक सूचीमा नेपाली संस्कृतिको सूचीकरण अभियानमा जोड दिनुभयो । उहाँले संस्कृतिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरूप सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि संस्कृतिसम्बन्धी ज्ञान तथा सिपको जागरणमूलक प्रशिक्षण कार्यलाई निरन्तता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणका लागि अनुदान स्वरूप प्राप्त हुनुपर्ने रकम ऋणका रूपमा देखिएकाले त्यसलाई अनुदानका रूपमा परिणत गर्नसमेत माग गर्नुभयो । उहाँले सांस्कृतिक संस्थानको आफ्नै ऐन नहुँदा विभिन्न कठिनाइ भोग्नु परेको चर्चा गर्दै बेग्लै ऐन निर्माणको अनुरोध गर्नुभयो । कार्यक्रममा साकेला, डिग्रे नाच, बँदेल नृत्य, कौरा नृत्य, बुद्ध भजन, बलबाहु (लघुनाटक), लोक धुन, राजवंशी लोक नाट्य ‘ढोल सहिना गाअन्’, लठ्ठहवा नाच (तराई भेग) लगायत लोकनृत्य र वादन प्रस्तुत गरिएको थियो ।
दुई थुङ्गा फूल
गायक रोशन राई ‘पालुवा स्टार’ को नयाँ म्युजिक भिडियो ‘दुई थुङ्गा फूल’ सार्वजनिक गरिएको छ । वियोगान्तक प्रेमकथामा आधारित गीतको रचना तथा सङ्गीत जेठा चाम्लिङले गर्नुभएको छ । हसन राईको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गर्नुभएको छ । म्युजिक भिडियोमा निर्देशक भट्टराई, समापिका पौडेलको अभिनय रहेको छ । भिडियोले एक साता नबित्दै करिब एक लाख दर्शकको माया पाएको छ । दुई दशकदेखि सुगम सङ्गीतको क्षेत्रमा क्रियाशील राईको यसअघि पनि दर्जनौँ सिर्जना सार्वजनिक भइसकेको छ ।
‘जन्ते बाख्रो’ आउने
चलचित्र ‘जन्ते बाख्रो’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो । प्रदीप भारद्वाजले लेख्नुभएको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ । ग्रामीण परिवेशको कथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रका अन्य कलाकार छनोटका चरणमा रहेको निर्देशक सुनुवारले जानकारी दिनुभयो ।
सञ्जीप प्रधानको ‘स्टिम इन्जिन’ भिडियो सार्वजनिक
गायक सन्जीप प्रधानले ‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको हो। गायक प्रधान र मोडल करिष्मा श्रेष्ठको अभिनयमा भिडियो सार्वजनिक भएको हो।
निर्देशकको असन्तुष्टि
चलचित्र ‘बोक्सीको घर’ को अन्तर्राष्ट्रिय प्रदर्शनीका क्रममा नायिका केकी अधिकारी अस्ट्रेलियामा रहेका बेला चलचित्रका लेखक तथा निर्देशक सुलक्षण भारतीले आफूलाई नियतवश ओझेलमा पारिएको बताउनुभएको छ । सोमबार चलचित्र प्रदर्शनीको ५१ दिन मनाएको ‘बोक्सीको घर’ का लेखक तथा भारतीले चलचित्रको प्रचारदेखि च्यारिटी प्रदर्शनसम्म नायिका अधिकारीले आफूलाई बेवास्ता गरेको बताउनुभयो । चलचित्रका निर्माता केकीका बुवा बद्री अधिकारी हुनुहुन्छ ।
कौसीमा ‘प्ले द सिस्टम’
कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवका अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन गरिने भएको छ । थेरेसा रिबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो । रङ्गकर्मी आकाङ्क्षा कार्कीको निर्देशनमा तयार गरिएको नाटक ‘प्ले द सिस्टम’ मा काम गर्ने ठाउँमा हुने नारीद्वेषी चेत एवं व्यवहारलाई व्यङ्ग्य गरिएको छ । नाटकमा कलाकार इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लको अभिनय रहेको छ । नाटक असार ६ गतेदेखि ३१ गतेसम्म कौसी थिएटर टेकुमा मञ्चन हुने जनाइएको छ ।
‘मलाई मन परेको मान्छे’ सार्वजनिक
अञ्जु पन्त र दीपक चौलागाईँको स्वरमा रहेको गीत ‘मलाई मन परेको मान्छे’ सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरी सो गीत सार्वजनिक गरिएको हो ।
‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन
यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।
‘गाउँ आएको बाटो’ गाउँको यथार्थ कथा
अन्ततः माइलाले गाउँ नै छाडे । भोजपुरको ग्रामीण बस्तीमा चोयाका चित्रा र अन्य सामग्री बनाएर बेच्ने माइला (दयाहाङ राई) ले विदेश र सहरभन्दा गाउँमै जीविका चलाउन खोजे । रैथाने ज्ञान, सिपमा स्वरोजगारी खोज्दै गरेका माइलाको जीवनका उचारचढाव नै चलचित्र, ‘गाउँ आएको बाटो’ हो । ‘गाउँ आएको बाटो’ ले सामाजिक चरित्रमा फेरबदल ल्यायो । गाउँलेको खानाको स्वाद र तरिकामा परिवर्तन ल्यायो । बालबालिकाको रुचि बदलिदियो । रैथाने ज्ञान र सिपलाई थिलथिलो बनाइदियो । अन्ततः रैथाने ज्ञान र सिपको व्यापार डामाडोल बनाइदियो । चलचित्रको साङ्गोपाङ्गो यही कथाका पात्र र प्रवृत्तिलाई माइलाकी श्रीमती पशुपति राई र छोरा प्रसन्न राई (बिन्द्रे) ले राम्रो ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।
तस्बिर हेर्दै जीवनरेखाको सम्झना
चलचित्र जीवनरेखाको छायाङ्कन सेट र कलाकार तयार थिए । चलचित्रका नायक शिव श्रेष्ठ सेटमा जान तयार थिए तर मेकअप भएको थिएन । मेकअप म्यान मुम्बईबाट आइपुगेका थिएनन् । निर्देशकको निर्देशन अनुसार नायक श्रेष्ठको मेकअप वसुन्धरा भुसालले गरिदिनुभयो । ४४ वर्षअघिको यो घटना गोरखापत्रको फोटो प्रदर्शनीमा सुनाउँदै हुनुहुन्थ्यो, वरिष्ठ कलाकार भुसाल । अभिनेतृ भुसाल अभिनीत चलचित्र ‘जीवनरेखा’ को छायाङ्कनका बेलाको तस्बिर गोरखापत्रको तस्बिर प्रदर्शनीमा राखिएको छ । सोही तस्बिर देखेपछि भुसालले अतितको सम्झना गर्नुभयो । उहाँले भन्नुभयो, “तस्बिर प्रदर्शनीले पुराना घटनाका दृश्य कसरी निकाल्दो रहेछ । यस्ता प्रदर्शनीले नयाँ पुस्तालाई विगत र अहिलेको अवस्थाको राम्रो ज्ञान दिन्छ ।”
एपमा ‘पशुपति प्रसाद २ : भस्मे डन’
चलचित्र ‘पशुपति प्रसाद’ को चरित्र ‘भस्मे डन’ मा केन्द्रित सिक्वेलका रूपमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ अब ओटिटीमा हेर्न सकिन्छ । चलचित्र शनिबार ‘सिनेमाघर एप’ मा रिलिज भएको हो । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायतको अभिनय रहेको छ ।
गायन प्रतियोगितामा पत्रकार सम्मानित
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरद्वारा आयोजित गायन प्रतियोगितामा दीपकराज कालीराज प्रथम, राजा राजपुत द्वितीय र सुरज खाती तृतीय हुनुभएको छ । नेपाल सरकारबाट राष्ट्रियस्तरमा सञ्चालन गरिएको पहिलो गायन रियालिटी सोमा १६ वर्षदेखि ४० वर्षसम्मका सर्जकबाट भिडियो माग गरिएको थियो । देशैभरिबाट आधुनिक लोक र पप, ¥याप विधामा ६५ जना युवाले भिडियो पठाएका थिए । उक्त डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धीमध्येबाट २१ जना युवा प्रतिभालाई काठमाडौँ बोलाइएको थियो । सोही २१ जना प्रतिस्पर्धीमध्ये प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिएको हो ।
नाचघरमा गुञ्जियो लोकभाका
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले नेपाली मौलिक लोकगीतमा सम्बन्धित क्षेत्रको कथा, व्यथा र संस्कृतिलाई अमर बनाउने ताकत हुने बताउनुभएको छ । उपसभामुख मगरले नेपाली मौलिक गीत/सङ्गीतको प्रवर्धन एवं प्रचार तथा कलाकारको हौसलाका लागि सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले साङ्गीतिक गतिविधिमार्फत प्रशंसनीय कार्य गरिरहेको बताउनुभयो । उहाँले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, लोकसङ्गीत विभागद्वारा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय लोकगीत प्रस्तुति–२०८१ मा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
कीर्तिपुरमा गुजय मालाकारको एकल संगीतिक साँझ
वरिष्ठ संगीतकार गुजय मालाकारको एकल संगीतमा आयोजित सांगितिक कार्यक्रम सम्पन्न भएको छ।
‘शास्त्र परिवर्तन गर्नुपर्ने’
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताउनुभएको छ । बिहीबार दिउँसो चलचित्र हेरेपछि सङ्क्षिप्त प्रतिव्रिmया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताउनुभयो । उहाँले ‘पुजार सार्की’ हेर्दाहेर्दै म भावुक भएको र कतिपय प्रसङ्ग आफैँसँग पनि मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ । यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ । धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ । यो मुद्दालाई यो चलचित्रले गहिरो गरी उठाएको छ ।”