• ११ असोज २०८१, शुक्रबार

विष्टको ‘नजरका इशारा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते ।  किरण रिजालको शब्द, शशिविक्रम थापाको सङ्गीत र कमल विष्टको स्वर रहेको ‘नजरका इशारा’ गजलको भिडियो सार्वजनिक गरिएको छ । गायक विष्ट ‘भ्वाइस अफ नेपाल’ सिजन–२ का प्रतिस्पर्धी पनि हुन् ।

गीतमा युवकयुवतीमा हुने प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा एक होटेलमा काम गर्ने युवकले त्यहीँ बस्न आएकी ग्राहकलाई मन पराउँछ, तर गलत बुझाइका कारण उनी मानसिक पीडामा फस्छन् । यो भावनात्मक कथामा राज पौडेल र हेना नगरकोटीको अभिनय रहेको छ । भिडियोको निर्देशन नारायण मगरले गर्नुभएको छ । भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाईं र सम्पादक भीम विश्वकर्माले गर्नुभएको छ ।