• १ असोज २०८१, मङ्गलबार

छायाङ्कनमा ‘होस्टेल ३’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३१ गते ।   ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्तपछि चलचित्र ‘होस्टेल ३’ को छायाङ्कन थालिएको छ । चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै मुहूर्त सट दिनुभएको थियो । चलचित्रको छायाङ्कन काठमाडौँको बोडेमा सुरु गरिएको छ । २५ दिनसम्म पहिलो चरणको छायाङ्कन गरिने र तिहारपछि अर्को चरण थालिने चलचित्रका निर्देशक सशान कँडेलले जानकारी दिनुभयो ।

चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ । अभिनेता आर्यन सिग्देल चलचित्रमा होस्टेल वार्डेनको भूमिकामा देखिनुहुने छ । चलचित्रको कथा माधव शर्माले लेख्नुभएको हो ।