• १ असोज २०८१, मङ्गलबार

जीवनको भोगाइ ‘मनको शान्ति’

blog

काठमाडौँ, भदौ ३० गते  । गायक अमृत अधिकारीको नयाँ गीत ‘मनको शान्ति’ सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानल अमृत अधिकारीमार्फत सार्वजनिक भएको गीतमा सामाजिक घटनालाई आधार बनाएर जीवन जे जस्तो छ त्यसैमा रमाउन सके मात्रै मनमा शान्ति हुन्छ भन्ने सन्देश दिन खोजिएको छ । 

गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गर्नुभएको छ । गीतमा गायक अधिकारीसँगै मोडल विमल अधिकारी, कलाकार रामचन्द्र अधिकारी, जुना गुरुङ, यशु भट्टराईलगायतको अभिनय देख्न सकिन्छ । गीतमा अमृतसँगै गायिका शान्तीश्री परियार, रामचन्द्र चन्द र सुनिता बुढाक्षेत्रीको पनि आवाज रहेको छ ।