• ११ असोज २०८१, शुक्रबार

सौन्दर्यसम्बन्धी दुई दिने तालिम

blog

एडभान्स ग्रुप अफ कम्पनीजसँगको सहकार्यमा काठमाडौँमा सौन्दर्यसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालिम ।

काठमाडौँ, असोज २ गते । स्वीडिस मल्टिनेशनल कस्मेटिक्स कम्पनी ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजसँगको सहकार्यमा काठमाडौँमा सौन्दर्यसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालिम मङ्गलबार सम्पन्न भएको छ । होटल हायातमा भदौ ३१ र असोज १ गते आयोजित तालिममा ओरिफ्लेमका रिटेल, सवबिक्रेता र ब्युटीसिएनहरु गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

तालिममा ओरिफ्लेमका ग्लोबल स्किन एक्सपर्ट अन्ना क्रुसले स्किन र व्यूटीका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । मेकअप आर्टिष्ट मेहेक मोहिनले विवाह जस्ता उत्सवमा गरिने मेकअफ कसरी आकर्षक बनाउने भन्नेबारे प्रशिक्षण दिनुभएको थियो । यसैगरी, अर्का प्रशिक्षक ओरिफ्लेमका ग्लोबल कमर्शियल डाइरेक्टर अन्स लण्डबर्गले व्यवसाय र कम्पनीको नीतिबारे जानकारी गराउनु भएको थियो । 

ओरिफ्लेमका स्किन केयर, कलर कस्मेटिक्स, मेकअप, हेयर केयर, बडी केयर जस्ता उत्पादन विश्व प्रसिद्ध ब्राण्डमा पर्छन् । शरीरमा देखिने चायपोतो, डण्डिफोर तथा चाउरी पर्ने जस्ता छालाजन्य समस्याबाट जोगिनका लागि ओरिफ्लेमका उत्पादन निकै प्रभावकारी साबित भएका छन् । यसका साथै, ओरिफ्लेमबाट उत्पादित विश्व प्रसिद्ध ब्राण्ड कलर कस्मेटिक्स रेञ्जबाट उच्च कोटीको मेकअप समेत गर्न सकिन्छ । एडभान्स ग्रुप अफ कम्पनीजले ओरिफ्लेमका उत्पादन बिक्री गर्नेमात्र नभई ब्युटीसिएनहरुलाई सौन्दर्यसम्बन्धी परामर्श समेत दिँदै आएको छ ।

ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजले ओरिफ्लेमका २०० भन्दा बढी उत्पादन आयात गरी नेपालभरी बिक्री गर्दै आएको छ । सौन्दर्यको बजारमा आक्रामक उपस्थिति जनाएको एडभान्स ग्रुपले एक वर्षभित्र ओरिफ्लेमका ६०० उत्पादन नेपाली बजारमा ल्याउने लक्ष्य राखेको छ । ती उत्पादनमा ग्राहकको सहज पहुँचका लागि प्रमुख सहरहरूमा एक्सक्लुसिभ स्टोरसमेत खोल्ने तयारी गरेको छ ।

सौन्दर्य सामग्री बिक्री गर्दै आएको एडभान्स ग्रुप अफ कम्पनीजले फुड सप्लिमेण्टसहित औषधीका उत्पादन पनि बिक्री गरी ग्राहकलाई सुपथ ढङ्गबाट सेवा दिने तयारी गरेको जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ । ग्राहकको सन्तुष्टिलाई कम्पनीले आफ्नो सफलता मान्दै आएको छ ।