झरीमा पोखरा साहित्यमय
सप्ताहान्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसास्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए ।
मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि सुनीता भुजेललाई
मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि फेसन डिजाइनर सुनीता भुजेलले जित्नुभएकाे छ ।
सांस्कृतिक संस्थानमा दीक्षान्त
रामभजन कामतको लेखन र सबनम सिलवालको निर्देशन रहेको ‘शुभाशिष्’ नाटक मञ्चनसँगै सांस्कृतिक संस्थानबाट दीक्षित ३२ औँ ब्याचको बिदाइ भएको छ । सांस्कृतिक संस्थानबाट गीत/सङ्गीत, नृत्य, तबला वादन, नाटकमा प्रशिक्षण लिएकाको बिदाइ र नयाँ विद्यार्थीको स्वागत शुक्रबार गरिएको छ । शुभाशिष् नाटकमार्फत वैदेशिक रोजगारी र पढ्ने बहानामा विदेशिने नेपाली युवा स्वदेश नफर्कंदा गाउँ, समाजमा वृद्ध नागरिक मात्र बस्नु परेको वर्तमान परिवेशलाई प्रस्तुत गरिएको थियो । नाटकको सुरुवातमा आफ्ना सन्तान युरोप वा अन्य मुलुकमा पठाउन सकेकोमा गौरवसाथ छलफल गर्ने ज्येष्ठ नागरिक नै जीवनको अन्तिम घडीमा सन्तान मोहले धेरै पिरोलिएको दृश्य निक्कै कारुणिक ढङ्गले मञ्चन गरिएको थियो ।
‘नरसिंहाः अवतार’ घोषणा
दिवाकर भट्टराईको निर्देशनमा चलचित्र ‘नरसिंहाः अवतार’ को बिहीबार घोषणा गरिएको छ । निर्देशक भट्टराईका अनुसार नरसिंहाको अर्थ– भगवान् विष्णुको उग्र अवतार हो । नरसिंह रूप यो दस अवतारमध्ये चौथो अवतार हो । नरसिंह नामका अनुसार यस अवतारमा भगवान्को आधा पुरुषको र आधा शरीर सिंहको धारण गरिएको थियो । सो चलचित्रमा कलाकारका रूपमा राजेश हमाललाई मात्र हालसम्म अनुबन्ध गरिएको छ ।
बजारमा ‘बजाउँदै चुरा’
प्रदीपकुमार रसाइलीको निर्देशनमा तिज गीतको भिडियो ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सो गीतमा गीता अधिकारी र सारिका घिमिरेको स्वर रहेको छ । गीतमा योगेश काजी शाहको सङ्गीत, सोमिक गौतमको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारको अभिनय रहेको छ ।
फिल्म 'नरसिंहाः अवतार'बाट कमब्याक गर्दै राजेश हमाल
निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म 'नरसिंहाः अवतार'को निर्माण घोषणा गरिएको छ ।
खस्कँदो गाईजात्रे कलाकर्म
सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्रामा व्यङ्ग्यविनोदको महत्व उच्च छ । सांस्कृतिक रूपमा नै व्यङ्ग्यविनोदलाई गाईजात्राका बेला अपनाइँदै आइएको हो । नेपालको सन्दर्भमा गाईजात्रे हास्यव्यङ्ग्यलाई कलाकारले पेसाकै रूपमा अघि बढाउँदै लगेको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३० को दशकमा सुरु गरेको गाईजात्रे कार्यक्रम राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा–प्रतिष्ठानका भवनमा महिनौँ दिनसम्म सञ्चालन हुने गरेका थिए । गाईजात्राको दुई महिनाअघि नै बजारमा क्यासेट चक्काको बिक्री ह्वात्तै बढ्थ्यो । अहिले ती सबै इतिहासका कथा बने । हास्य कलाकार दीपाश्री निरौलाका अनुसार गाईजात्राको महत्व पञ्चायतकालमा एकदमै धेरै थियो तर अहिले ३६५ दिन नै गाईजात्रा नै गाईजात्रा छ । सामाजिक सञ्जालमा गाईजात्रे प्रवृत्तिबाहेक केही देखिँदैन ।
मौलिकता जोगाउँदै तनहुँका चेली
तनहुँका दिदीबहिनी सामूहिक भेला भएर हरेक तिजमा सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत सिर्जना गर्दै आएका छन् । सो समूहले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र सडक एवं हवाई दुर्घटनाका विषयमा ‘मनै रुवाउने दुर्घटना’ बोलका तिजगीत सार्वजनिक गरेको छ । तिजका बेला उटपट्याङ र छाडा गीतको बाहुल्य बढ्दै गएको समयमा तनहुँका चेलीले तिजको मौलिक भाका र गीत संरक्षणको राम्रो प्रयास गरेका छन् । मोती डिजिटल स्टुडियोले तयार पारेको दुवै गीतमा सीता सिग्देलको शब्द रहेको छ । गीतमा प्रमिला सिग्देललगायतको स्वर छ ।
‘बुलाकी’ मा जारीको कथा
कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथाको मूल कथावस्तुमा निर्माण गरिएको ‘बुलाकी’ को प्रवर्धन भिडियो सार्वजनिक गरिएको छ । बुलाकीको प्रवर्धन भिडियो सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णाली विकट नभई विराट’ रहेको बताउनुभयो ।
भदौमा ‘नमेटिने घाउ’
एसिडपीडितको वास्तविक कथामा निर्मित चलचित्र ‘नमेटिने घाउ’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिडपीडितको तस्बिर राखिएको छ ।
‘माइली’ शुभमुहूर्त
बाबुसाहेब बलामीको निर्देशनमा चलचित्र ‘माइली’ को भद्रकाली मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको छ । चलचित्रमा प्रियङ्का कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुषमा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीलगायतको अभिनय रहने छ ।
कर्णाली विकट होइन, विराट छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभई विराट रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘वडाध्यक्ष २०७९ जनताले हो’ गीतमा जनप्रतिनिधिका कथा
जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी क्षेत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ ।
गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक
हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।
‘रोल नं. १’ बन्ने
जोन योञ्जनको कथा र निर्देशनमा बालमनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं. १’ निर्माण गरिने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रको पहिलो तस्बिर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फस्ट लुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरूलाई पढाइरहेकी एक शिक्षिका देख्न सकिन्छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको सङ्गीत रहने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो ।
‘सतीदेवी’ को ट्रेलर सार्वजनिक
निर्देशक लक्ष्मण सुवेदीको नयाँ सिनेमा ‘सतीदेवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजिक सोच तथा छोरीले आफ्नो बाबुआमाको खुसीका लागि गर्ने तपस्याको विषय निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । छोरा पाउने चाहनामा छोरी छोरी जन्मिएका अभिभावकले समाज, छरछिमेक, आफन्तीबाटै पाउने अपहेलना, अवगाल तथा होच्याइँ र हेलाको प्रशङ्ग निकै हृदयस्पर्शी रूपमा चलचित्रमा देखाइएको छ ।
मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई
मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले उचाल्नुभएको छ । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मामा ‘मिस नेपाल वर्ल्ड’को उपाधि पाउनुभएको हो ।
मोतिराज खनालको तीज गीत “नक्कले साँईली” सार्वजनिक
हिन्दु नारीहरुको हरितालिका तीजको पूर्वसन्ध्यामा गायक तथा सर्जक मोतिराज खनालको नयाँ तीज गीत “नक्कले साँईली” सार्वजनिक भएको छ । गीतको शब्द, संगीत स्वयम खनालकै रहेको छ भने गीतमा स्वर खनाल र अहिलेकी चर्चित बाल गायिका कल्पना विष्टको रहेको छ । धेरै गीतहरुबाट चर्चा कमाइ सकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिनुभएको हो ।
‘मोदीबेनी’ को प्रिमियर
चलचित्र ‘मोदीबेनी’ को बिग मुभिजमा बुधबार प्रिमियर गरिएको छ । प्रतिनिधि सभा सदस्य सोविता गौतमले चलचित्रको प्राविधिक र रचनात्मक काम मन परेको बताउनुभयो । चलचित्रमा वर्षा शिवाकोटी, अमरप्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराईलगायतको अभिनय रहेको छ । चलचित्रका निर्देशक शङ्कर कोइरालाका अनुसार मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथामा चलचित्र निर्माण भएको छ ।
डी आरको ‘बैँस जोबन उम्रो’
गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ। डी आर सुजनको शब्द, सङ्गीत र आशिष् अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ दुःखमा आत्तिने र सुखमा न मात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ।
चलचित्र बोर्डमा अध्यक्ष माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ । जारी सूचना अनुसार अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्धन तथा प्रवर्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ ।
लोयाङको आवाजमा ‘सान्नानी’
जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’ का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा ‘सान्नानी’ बोल गीतको भिडियो मङ्गलबार सार्वजनिक गरिएको छ । गीतमा एरिक विश्वकर्माको शब्द, सङ्गीत तथा विराज गौतमको सङ्गीत संयोजन रहेको छ । रसिक राजको निर्देशन रहेको भिडियोमा प्रिन्सु रेग्मी, युना सिंह ठकुरी, बाटिका बिजुक्छे, दिव्या नेपाली, सिम्रिका श्रेष्ठ र लोयाङको अभिनय रहेको छ । गीतमा अनिशा खत्रीको कोरियोग्राफी, अभिषेक श्रेष्ठको सङ्गीत संयोजन र विकास सिटौलाको छायाङ्कन रहेको छ ।
नेपालमा ‘मिस माल्टा’
मिस नेपालको ‘ग्रान्ड फिनाले’ मा सहभागी हुन मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल आइपुग्नुभएको छ । मिस नेपालको अन्तिम प्रतिस्पर्धा राजधानीमा शनिबार हुँदै छ । दी हिडन ट्रेजरको निम्तोमा मिस माल्टा चेरिस नेपाल आउनुभएको हो । एक साता लामो भ्रमणका लागि मिस माल्टा चेरिससहित पाँच जना आउनुभएको छ । उहाँको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि पन्चै बाजासहित पुग्नुभएको थियो । नेपालको पर्यटन प्रवर्धक प्रकाश भण्डारीका अनुसार मिस माल्टा चेरिसको भ्रमणले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा मिस माल्टा चेरिससहित केस्टर्न बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु हुनुहुन्छ ।