• १ असोज २०८१, मङ्गलबार

कीर्तिपुरमा नृत्य महोत्सव

blog

काठमाडौँ, भदौ ३० गते । इन्द्रेणी संस्कृति समाज (इसास) को आयोजनामा ६० औँ राष्ट्रिय बालदिवस २०८१ तथा दिवङ्गत नृत्यगुरु हरिकृष्ण दर्शनधारीको १२ औँ स्मृति दिवसमा ‘नृत्य महोत्सव’ को आयोजना गरिएको छ । 

कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) को प्रमुख आतिथ्यमा आयोजित कायक्रममा बालबालिकाले देशभक्तिपूर्ण, बाल अधिकारसम्बन्धी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ, भाषा आयोगका सदस्य मातृका पोखरेल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सौरगङ्गा दर्शनधारीलगायतको उपस्थिति रहेको थियो ।