• २९ भदौ २०८१, शनिबार

गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित

blog

बेनीमा आयोजित कार्यक्रममा गायिका मन छन्त्याल श्रेष्ठलाई सम्मान गरिँदै । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), भदौ २९ गते ।
 लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।

शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडियो विमोचन कार्यक्रममा  गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो ।

पाँच दशक अगाडी गीतसंगीतमार्फत म्याग्दीको सदरमुकाम बेनीबजारलाई चिनाउन सफल भएको भन्दै दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, कार्यालय प्रमुख रमेश थापा ,जेसिज अध्यक्ष दिनेश बानियाँ लगायतले सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा गायिका छन्त्यालले बेनीबजारबासीले सम्झिएर सम्मान गरेकोमा उत्साहित भएको बताउनुभयो । उहाँले गीत अहिलेसम्म पनि चर्चामा रहेकोमा पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो । वि.सं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । जेसीज म्याग्दीले पानी खायो बाघलै एवं बेनीको बजार गीतको पुनर्निर्माण गरेको हो ।