• २ भदौ २०८१, आइतबार

‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’

blog

काठमाडौँ, भदौ १ गते । बालगीत ‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’ को म्युजिक भिडियो शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतमा रामबाबु सुवेदीको शब्द, वसन्त सापकोटाको सङ्गीत र म्युजिक भिडियोमा रामचन्द्र अधिकारीको अभिनय रहेको छ । गीतमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेशा विश्वकर्मा र प्रसन्न तामाङले स्वर दिनुभएको छ । पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, गायक रामेश श्रेष्ठ र बालसाहित्यकार अनन्त वाग्लेले संयुक्त रूपमा भिडियो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले बालबालिकाले यस्ता गीतबाट शिक्षा लिनुपर्ने र अभिभावक पनि सचेत हुने बताउनुभयो । 

पूर्वसांसद माया ज्ञवालीले नयाँ पुस्ता धूमपानरहित हुनुपर्नेमा आफ्नो धारणा राख्नुभयो । स्वास्थ्य मन्त्रालयकी अधिकृत शर्मिला विश्वकर्माले गीतले नयाँ पुस्तालाई कुलतबाट मुक्त बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । गीतकार तथा निर्माता रामबाबु सुवेदीले जनचेतनामा आधारित भएर गीत तयार पारिएको बताउनुभयो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोग र नेपाल प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिका सहकार्यमा तयार पारिएको सो गीतमा बाल नमुना माध्यमिक विद्यालयका विद्यार्थीको सुन्दर नृत्य र अभिनय रहेको छ ।