• १६ भदौ २०८१, आइतबार

सुप्रिम बने बाँके डान्सिङ स्टार

blog

प्रतियोगितामा डान्स गर्दै एक प्रतियोगी । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ १४ गते । बाँके डान्सिङ स्टार, २०८१ को उपाधि कोहलपुरका सुप्रिम पाण्डेले जित्नुभएको छ । सहयात्री कला केन्द्रद्वारा आयोजित डान्सिङ स्टारमा विजयी पाण्डेले ५० हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभएको छ ।

सहयात्री कलाकेन्द्रका दीपक वर्माका अनुसार २१० जना प्रतिस्पर्धीमध्ये अन्तिम प्रतिस्पर्धामा २० जना पुगेका थिए । प्रतियोगितामा नेपालगन्जका गरिश्मा राना दोस्रो र राँझाका सुविका शर्मा तेस्रो हुनुभएको छ । दोस्रो हुने रानालाई ३० हजार र तेस्रो हुने शर्मालाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।