• १० मंसिर २०८१, सोमबार

शान्तिश्री र विन्ती कुमारको ‘घुम्दै घुम्दै आको’ गीतको भिडियो सार्वजनिक

blog

काठमाडौँ, भदौ ५ गते।  गायक  बिन्तीकुमार गुरुङ र गायिका शान्तिश्री परियारको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

अन्नपूर्ण हिमालको फेदीमा रहेको गुरुङ  बस्तीमा जन्मिएर रोधीँमा नाच्दै गाउँदै हुर्किएका गायक गुरुङले  अमेरिकाको भर्जिनिया राज्यका विभिन्न स्थानमा छायाङ्कन गरेर भिडियो तयार पर्नुभएको हो। 

गीतमा चुनु गुरुङ र गायक  बिन्ती कुमारका अलावा तमु धीँ र अन्य कलाकारको अभिनय देख्न सकिन्छ। गुरुङ समुदायमा प्रचलित रोधीँ संस्कारको अवधारणामा भिडियो तयार पारिएको छ। 

सार्वजनिक गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गर्नुभएको हो। 

भिडियोको छायाङ्कन अनिश खासा (निरेश)  र मनिश महर्जनले गर्नुभएको हो। गायक गुरुङकै अफिसियल च्यानलबाट सार्वजनिक भिडियोको सम्पादन  तथा निर्देशन सुगन्ध श्रेष्ठले गर्नुभएको हो।