• १६ भदौ २०८१, आइतबार

अनुया भइन् भ्वाइस किड्स

blog

काठमाडौँ, भदौ ३ गते । ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि अनुया तामाङले जित्नुभएको छ । शनिबार आयोजित कार्यक्रममा तामाङले १० लाख रुपियाँ र उपहार प्राप्त गर्नुभएको छ । तामाङ टिम प्रमोद खरेलको प्रतिस्पर्धीका रूपमा हुनुहुन्थ्यो । 

कोच प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा अन्तिम प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यस्तै  कोच छेवाङ लामाको टिमबाट द्वितीका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गर्नुभएको थियो ।