• २ भदौ २०८१, आइतबार

केकीको ‘माइतै रमाइलो’

blog

काठमाडौँ, भदौ २ गते । नायिका केकी अधिकारी अभिनित मौलिक तिज गीत ‘माइतै रमाइलो’ को  भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द रचना, गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तिज मनाउँदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।

हरि लम्सालद्वारा सङ्गीतबद्ध गीतको भिडियोलाई टुबेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्का निर्देशित भिडियोमा हरि हुमागाईंको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ ।