शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन
ताप्लेजुङका वरिष्ठ साहित्यकार स्वर्गीय जगमोहन शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। शाक्यको ९२ औँ जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको हो।
नेपाल–भारतबिच प्राज्ञिक सहकार्य
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले विश्वविद्यालयमा अनुसन्धान संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल–भारतका विश्वविद्यालय र त्यहाँका अध्येताबिचको सहकार्य र प्राज्ञिक गतिविधि प्रशंसनीय रहेको चर्चा गर्नुभयो । काठमाडौँमा बुधबार आयोजित ‘शैक्षिक विषयमा सोधको अवधारणा राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ’ सम्बन्धी गोष्ठीमा सहभागीले संवादका माध्यमबाट दुवै देशको प्राज्ञिक उन्नयन गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय कला प्रदर्शनी सुरु, गोरखापत्रका पत्रकार पुरस्कृत
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मङ्लबारबाट सुरु भएको छ । प्रज्ञा–प्रतिष्ठानको नक्सालस्थित ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ४८२ कलाकारका चित्रकला, मूर्ति, हस्तकलालगायत ५२२ कलाकृति राखिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रदर्शनी उद्घाटन गर्नुभएको हो । मन्त्री तामाङले यस वर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि एक लाख ५० हजार रुपियाँ रहेको छ । यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
बालबालिकाले देखाए नाटक
रातदिनको पिताको कचकचले घर छोडेर हिँडेकी छोरी केही वर्षपछि घर फर्किन्छिन् । घर फर्कंदा पिताको देहान्त भइसकेको हुन्छ । तिमी किन आयौ फेरि ? हामीलाई छोडेर गएकी थियौ नि होइन ? भन्दै आमाले प्रश्न गर्दा छोरीले पिताको व्यवहारले बस्न नसकी घर छोडेको जवाफ छोरीले दिन्छिन् । अन्त्यमा आमाले भन्छिन्, “त्यस्तो अत्याचारलाई अब छोरीले सहने होइन, विद्रोह गर्न पनि सक्नु पर्छ ।” त्यसपछि नाटक ‘विगतको छाया’ को पर्दा बन्द हुन्छ ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा ५२२ कलाकृति समावेश
गणतन्त्र दिवसका अवसरमा भोलिदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१’ मा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएका छन् ।
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाच’ प्रशिक्षण
लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाच’ प्रशिक्षण सुरु भएको छ ।
‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ ।
जीवनको गुहार
नट ह्याम्सुनको जन्म नर्वेको लोममा ४ अगस्ट १८५९ मा भएको हो । सानै उमेरदेखि गरिबी भोगेका नट ह्याम्सुनको १८९० मा द हङ्गर नामको उपन्यास प्रकाशित भयो । त्यो उपन्यासले खुबै चर्चा पायो र उनको आर्थिक अवस्था पनि सुध्रियो । किसान र
किरण र श्यामवदनलाई अरनिको सम्मान
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलाकारद्वय किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्रदान गर्ने भएको छ । सो सम्मानको राशि जनही एक लाख ५० हजार रुपियाँ रहेको छ । कलाकार सुरेश लवट तुलाधरलाई एक लाख रुपियाँ राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिने भएको छ ।
माछापुच्छ्रे बेस क्याम्पमा भुतको कथा
पोखरा महानगरको गैह्रापाटनमा शनिबार दिउँसो उखरमाउलो गर्मी थियो । एसीजडित कोठामा पनि पसिना पुछ्दै पर्खिइरहेका दर्शक एक्कासि छक्क परे किन कि एक हुल केटाकेटी ज्याकेट, स्वेटर लगाएर उकालो चढ्दै थिए । उकालिएका स्कुले केटाकेटी माछापुच्छ्रे बेस क्याम्प पुगेर रोकिए । साँझ पर्न लागेकाले उनीहरू त्यहीँ बास बसे । बिदामा हिमाली क्षेत्रको पदयात्रामा गएका विद्यार्थी थकाइ, पदयात्राको जोखिमले डराएका थिएनन्, उनीहरू त भुत आउँछ भन्ने भ्रमले त्राहिमाम् थिए । यही कथामा केन्द्रित छ ‘भु भु भु भुत’ ।
थारू नयाँ शब्दकोश लोकार्पित
थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबिच लोकार्पण गर्नुभयो ।
राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि
गणतन्त्र दिवसको सम्मान एवम् स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ ।
बाबाको स्मृति
घडीमा करिब रातको ११ बजिसकेको थियो । मधुरको मोबाइलमा घन्टी बज्यो । मधुर आफ्नो मोबाइल उठाउँदै स्नेहासँग कुरा गर्न थाल्यो । मधुर : के छ स्नेहा ?
साहित्यको सैद्धान्तिक व्याख्या
वैचारिक लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील टीकाबहादुर बस्नेतले ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ मार्फत नेपाली साहित्य समाजले हाल खेपिरहेको वैचारिक रिक्तता र शून्यताको तलाउमा ढुङ्गा फ्याँकेका छन् । वैचारिक रूपमा
त्यो क्रान्तिको प्रतीक
गोविन्दबहादुर मल्ल गोठाले नेपाली कथा जगत्को प्रथम चरणका यशस्वी कथाकार हुन् । सुब्बा ऋद्धिबहादुर मल्लका छत्रछायामा हुर्केका उनले जीवनको प्रारम्भिक क्षणमै साहित्य सिर्जनाको अनुकूल वातावरणसित एकाकार हुने सुअवसर पाए
अभियात्रा
मानिस विद्या, ज्ञान, विवेक अनि अनुभवद्वारा खारिँदै जाने व्रmममा आफैँलाई चियाउन र आत्ममूल्याङ्कन पनि गर्न थाल्छ । ऊ वैयक्तिक जीवनमा भौतिक आवश्यकतालाई भन्दा आत्मिक आवश्यकतालाई महìव दिन थाल्छ । आत्मि
फिल्ममा लगानी बढ्दै, हल घट्दै
नेपालमा मल्टिप्लेक्सको सुरुवात भएसँगै कुनै समय धेरै राम्रा भनिएका हल बन्द भइसेकका छन् । कुमारी, जयनेपाल, गोपीकृष्ण, गुण सिनेमा, गङ्गा, सिद्धार्थ, हिरारत्न, शिवदर्शन, मनकामना, आरधनालगायत चलचित्र भवन ब
एलजिबिटिक्युआइप्लसले सुन्दरी छान्ने
एलजिबिटिक्युआइप्लस समूहका व्यक्तिको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उद्देश्यसहित ‘फेस अफ एलजिबिटिक्युआइप्लस’ गरिने भएको छ । राज्य मिडिया नेटवर्कले समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभालाई अवसर दिलाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो ।
गीतकार सङ्घ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने
‘अमर-भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार सङ्घ नेपाल-२०८०’ डा. रिजाललाई प्रदान गरिने भएको छ ।
कलापरिषदमा ‘देवीदेवता र तिनका बासस्थल’
नेपाल कलापरिषद यति बेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ ।
युगकविको जन्मजयन्ती मनाइयो
युगकवि सिद्विचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती राजधानीमा मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा संयुक्त रूपमा बुधबार आयोजित कार्यक्रममा नेपाली साहित्यमा युगकवि सिद्धिचरणले पु¥याउनुभएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे चर्चा गरिएको थियो ।प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले निरङ्कुश राणा शासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन युगकवि सिद्विचरण श्रेष्ठले महत्वपूर्ण योगदान दिनुभएको चर्चा गर्नुभयो ।
युगकविको प्रतिमामा माल्यार्पण
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीका सन्दर्भमा मङ्गलबार ओमबहालस्थित कविको प्रतिमामा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, कवि, साहित्यकार तथा परिवारका सदस्यले शालिकमा माल्यार्पण गर्नुभएको थियो । युगकवि सिद्धिचरण प्रतिष्ठान र युगकवि सिद्धिचरण गुठीद्वारा संयुक्त रूपमा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री तामाङले युगलाई आँखा देखाउने युगकवि शान्तिप्रेमी कवि भएको तर त्यो प्राप्तिका लागि क्रान्ति आवश्यक छ भन्ने परिवर्तनको सन्देश दिनुभएको बताउनुभयो । उहाँले आजको परिवर्तनमा युगकविको चेतना, विचार र लेखनले विशेष भूमिका खेलेको हुनाले उहाँका सिर्जना युगौँयुग अमर रहने बताउनुभयो ।
‘महँगो भो तिम्रो माया’ सार्वजनिक
रुकुमपश्चिमका गजलकार जिएम दिपु देपेन्द्रको गजल ‘महँगो भो तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर, राजकुमार बगरको सङ्गीत र कमल सौगातको सङ्गीत संयोजन रहेको सो गीत युट्युबबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा कृष्णदेव रूपाखेतीको निर्देशन, राहुल बराइलीको कोरियोग्राफी, अनुपजङ्ग थापा, सोनी बिसी र आराध्य आरएल डिसीको अभिनय रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन रहेको भिडियोलाई मीन रावलले सम्पादन गर्नुभएको छ ।
‘कहिल्यै नझुक्ने योद्धा’
मिसन पत्रकारितामार्फत प्रेस स्वतन्त्रता, लोकतन्त्र, नागरिक अधिकारका लागि पाँच दशक लड्नुभएका गोपाल थपलिया यति बेला सक्रिय पत्रकारितामा हुनुहुन्न । तथापि समसामयिक विषयवस्तुमा सामाजिक सञ्जालमा चोटिला प्रश्न राख्दै सत्ता र शक्तिको दुरुपयोगविरुद्ध औँला उठाउँदै आउनुभएको छ ।