इन्द्रेणी रङ्ग हाइकु सङ्ग्रह विमोचन
स्रष्टा अधिकारी विमलाको इन्द्रेणी रङ्ग शीर्षकको हाइकु संग्रह विमोचन गरिएको छ
धार्चेका चित्र कोर्दै कलाकार
पर्यटन विकासको उद्देश्यसहित गोरखाको धार्चेमा आयोजित पाँचदिने (माघ २२–२६) चित्र कार्यशालामा प्राकृतिक सौन्दर्य र सम्पदालाई क्यानभासमा उतारिएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले कलाकारलाई रङ र क्यानभास दिएर ‘धार्चे चित्रकला कार्यशाला’ सुरु गरिएको थियो । ‘सुन्दर संरक्षित, समृद्ध धार्चे’ कला कार्यशालामा २० भन्दा बढी कलाकारको सहभागिता रहेको छ ।
ढुङ्गानालाई ‘मिस इन्टर–कन्टिनेन्टल’ उपाधि
‘मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४’ को उपाधि डा. आयुष्नोभा ढुङ्गानाले प्राप्त गर्नुभएको छ । डा. ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४’ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नुभएको हो । प्रतियोगितामा ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेतासमेत छानिएको थियो । त्यस अन्तर्गत सजिना खनालले ‘मिस सुप्रा नेसनल–२०२४’ तथा धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि हात पार्नुभयो । प्रतियोगिताको अर्को महत्वपूर्ण ‘मिस ग्लोबल नेपाल–२०२४’ को उपाधि मोनिका अधिकारी तथा ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको थियो ।
बस्ताकोटीलाई व्यङ्ग्यचित्र पुरस्कार
हिमालयन टाइम्सका कार्टुनिस्ट महेश बस्ताकोटीलाई शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१ प्रदान गरिएको छ । १० हजार रुपियाँ राशिको सो पुरस्कार विश्व कार्टुनिस्ट दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा आइतबार प्रदान गरिएको हो । कार्टुनिस्ट क्लब नेपालद्वारा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजित कार्यक्रममा पुराना कार्टुनिस्ट तथा पूर्वमन्त्री रमेशनाथ पाण्डेले सो पुरस्कार प्रदान गर्नुभएको हो । उहाँले पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकाले कार्टुनिस्टको पनि विशेष दायित्व र महत्व हुने बताउनुभयो ।
‘क्वाजः दुनेया जिगु सासः’ विमोचन
विराट साहित्य सम्मेलन गुठीको १७ औँ प्रकाशन सुलोचना सैंजु जोशीको कविता सङ्ग्रह ‘क्वाजः दुनेया जिगु सासः’ (न्यानोपनभित्रको मेरो श्वास) शनिबार भक्तपुरमा विमोचन भएको छ।
समय (कविता)
समयको महत्व हामी सबले बुझौँ समयम पाठ गरौँ समयमैं खेलौँ समयम उठौँ हामी समयम सुतौँ समयमै खाजा खाऔँ, समयमै खाना
विद्यार्थीको सपना
हामी विद्यार्थी पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ । विद्यार्थी भएर शिक्षकको महत्व बुझ्नु पर्छ । ठुलालाई आदर गरी सानालाई माया सत्य बोली सफा सुग्घर आफ्नो दायाँबायाँ ।
हेटौँडामा कला महोत्सव
पर्यटन प्रवर्द्धन र कला जागरणका लागि हेटौँडामा तीनदिने कला महोत्सव हुने भएको छ। सटर्डे प्लेनएअरको आयोजनामा आगामी जेठ ३ देखि ५ गतेसम्म कला महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
श्याम ज्यापूको एकल पौभा चित्रकला प्रदर्शनी सुरु
कलाकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू)को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । योङ पिकासोद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा बिहीबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ ।
‘ओ पेङ्दोर्जे’ रङ्गमञ्चमा उत्रिँदा
पूर्वपश्चिम जोड्ने राजमार्ग खन्न थालियो । देशका विभिन्न ठाउँबाट कामको खोजी गर्दै ठेकेदारकोमा पुगे । रामबहादुर तामाङले पनि सडक खन्न पसिना र परिश्रम खर्चिए । एक हजार २८ किमी लामो यो राजमार्गको नाम राखियो, महेन्द्र राजमार्ग । दिनभर काममै जोतिने रामबहादुरलाई त्यो नाम मन परेन । थाकेको जिउ लिएर भट्टी पुगेको रामबहादुरले टेबुल ठोक्दै असन्तुष्टि पोख्न थाल्यो, “यो बाटोको नाम रामबहादुर मार्ग हुनु पर्छ ।”
पाटनमा पौभा प्रदर्शनी
तीन दशकदेखि पौभा कलामा तल्लीन लोककलाकार श्यामकृष्ण महर्जनका पौभा कृतिको तीन दिने प्रदर्शनी पाटन म्युजियममा बिहीबारदेखि सुरु भएको छ । निश्चित मान्यता, दर्शन र सिद्धान्तका आधारमा तयार पारिने पौभा कलामा तीन दशकको कर्म आफैँमा गौरवपूर्ण छ । तीन दशकको समयमा तयार पारिएका र आफूलाई औधी मन परेका ३२ वटा कलालाई प्रदर्शनीमा राखिएको छ ।
जीवनको क्यानभासमा दाम्चा र नल टाँस्दै रामकुमार
आधा शरीर नचलेर ओछ्यान परेका ४१ वर्षीय रामकुमार तिवारीको समय केराका दाम्चा र छ्वालीका नल टुक्रा पार्ने कार्यमै बित्ने गरेको छ । दिग्दारीलाग्दो समयलाई दाम्चा, नल, गम र कागजसँगै खेलेर तिवारीले सिर्जनशील कार्य गर्दै आउनुभएको छ । चित्रले माग गरेको आकारप्रकारका दाम्चा र छ्वालीका टुक्रालाई गमको सहायताले कागजमा टाँसेर तिवारीले सुन्दर कला तयार पार्दै आउनुभएको छ ।
‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक
कवि विष्णुहरि अधिकारीको कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक वासुदेव त्रिपाठी, डा. बमबहादुर जितालीलगायतले कवि अधिकारीको कवितासङ्ग्रह र गोरखा–वाङ्मयको लोकार्पण भएको हो ।
गायक जुजुकाजी रञ्जितको एकल साँझ (फोटो फिचर)
नेपाल भाषाको पाक्षिक पत्रिका ‘पेज ३’ को ४०० अंक प्रकाशित भएको अवसरमा गायक जुजुकाजी रञ्जित लाइभ कन्सर्टमा लागि मंगलबार राति दक्षिणकाली नगरपालिकास्थित छैमली रिसोर्टमा सांगीतिक प्रेमीको भीड लागेको थियो ।
चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन
निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा दिउँसो काठमाडौँमा निधन भएको छ ।
अवधी लोककला प्रशिक्षण
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागले तीनदिने ‘अवधी लोककला गोष्ठी र प्रशिक्षण’ सुरु गरेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले आइतबार प्रशिक्षण उद्घाटन गर्नुभयो । शिक्षा तथा संस्कृति प्रवर्धन केन्द्र कपिलवस्तुको संयोजनमा आयोजित प्रशिक्षणमा ४० जनाभन्दा बढीले तालिम लिने छन् । प्रमुख पौडेलले नगरका विभिन्न स्थानका भित्तामा अवधी चित्र बनाउन आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदीप अधिकारीले अवधि लोककलाको विकास तथा पुस्तान्तरण गर्न प्रशिक्षण राखिएको जानकारी दिनुभयो ।
स्वर्णिम साहित्य पुरस्कारबाट दुई जना सम्मानित
सुनसरीको वराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार’ बाट दुई जनालाई सम्मान गरिएको हो ।
फेसन फेस्टिभल हुँदै
फेसन नेटवर्क नेपालले नेपाल फेसन फेस्टिभल आयोजना गर्ने भएको छ । देशको युवा र दक्ष जनशक्तिलाई बजारसँग जोड्न उक्त फेस्टिभल आयोजना गर्न लागिएको हो । कलाकार प्रशान्त ताम्राकारका अनुसार जेठको ११ देखि १३ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल सञ्चालन गरिने छ । युवा र महिला सशक्तीकरणमा जोड दिइएको फेस्टिभलमा फेसन, सौन्दर्य र जीवनशैलीलाई मुख्य प्रस्तुतिका रूपमा राखिने छ । नेपाली डिजाइनर, स्वदेशी वस्तु, स्वदेशी ब्रान्ड आदिको बजार व्यवस्थापन र बजार र विक्रेताबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको जनाइएको छ । फेस्टिभलमा प्रदर्शनीसहित ६० वटा स्टल रहने जनाइएको छ ।
‘आमा द्रौपदी’ सार्वजनिक
लेखक कृष्णप्रसाद बस्यालको स्मृति काव्य ‘आमा द्रौपदी’ सार्वजनिक गरिएको छ । रिडी–राम्दी पाल्पाली समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले सो कृति सार्वजनिक गर्नुभएको हो । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले आफ्नो सिङ्गै जीवन सन्तानको उन्नति, प्रगतिको कामना गर्दै बिताउने आमाको स्मृतिलाई कृतिमै उतार्नु निकै सराहनीय कार्य भएको बताउनुभयो ।
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रूपमा प्रदर्शनरत छ ।
रचनाको पारिश्रमिक अभिमान कि अभियान ?
कविता अमूल्य हो कि बिनामूल्यको पदार्थ हो ? नेपालमा कविता वा साहित्यिक रचना लेखेर मात्र गरिखानेहरू कति होलान् । के कविता अर्थहीन जिनिस नै हो त ? धेरैले कवितालाई अनुत्पादक वस्तुको संज्ञा दिएका हुन
रामानन्द जोशीको कलागत प्रवृत्ति
मूर्धन्य चित्रकार रामानन्द जोशी नेपाली आधुनिक कलाको शुभारम्भ कालका एउटा बलियो खाम्बा थिए । नेपालीपनको पर्यावाचीका रूपमा देखा परेका उनका चित्रहरूमा अपनत्वको बोध यथेष्ट रूपमा भएको आभाष हुन्थ्यो ।
मासु भोज (कथा)
महेश आफ्नो दाजुको अन्तिम संस्कार गरेर घाटबाट भर्खरै फर्केका थिए । उनी अत्यन्त शोकमा थिए । उनले प्यारो अभिभावक मात्र नगुमाएर आफ्नो पुर्खौली सम्पत्तिको रेखदेख गरिरहेका दाजु गुमाएको थिए । उनलाई सरसहयोग र सरसल्लाह दिन फुकिंज भनिने १३ दिने दाजुभाइ भेला भइरहेका थिए । उनी आफ्नो मूल घर करिब १० वर्षपछि आएका थिए, केवल दाजुको छोरा नभएकाले आफैँले दागबत्ती दिनुपर्ने बाध्यताले गर्दा । यसअघि उनी धेरै वर्षअघि मुमाको अन्तिम संस्कार ग
आञ्चलिकताको प्रतिविम्ब
साहित्यलाई वर्तमानमा चेतनाको एक अङ्गको रूपमा स्वीकार गरिएको छ । यसैले नेपाली साहित्य निकै उर्वर देखिएको यथार्थ हो । स्वदेशमा सृजित नेपाली साहित्य र प्रवासमा सृजित नेपाली साहित्यको विषयवस्तुको अध्ययन गर्ने हो भने खासै पृथक् नदेखिए पनि साहित्यमा आउने परिवेशमा भने अलग्गै मिठास पाइन्छ । मुख्य गरी आख्यान विधाको कथानकले लिने परिवेश चित्रणले पाठकलाई विविधताको अनुभूति दिलाउने गरेको छ । एकै किसिमको सैद्धान्तिक उद्देश्य लिएर रचिएका दुई नितान्त पृथक् भौगोलिक परिवेशको आख्यानले अन्ततः उद्देश्यमा पनि भिन्नता ल्याउन सक्छ । यसर्थ कथा र उपन्यासमा परिवेशको सशक्तताले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । गोपाल अश्कका आख्यानमा आञ्चलिक परिवेश अझ बेजोड बनेर आएको हुन्छ ।