महोत्सवमा हेटौँडाका सम्पदा
पर्यटन प्रवर्धन र कला जागरणको उद्देश्यसहित हेटौँडामा आयोजित तीनदिने कला महोत्सव सम्पन्न भएको छ । जेठ ३ देखि ५ गतेसम्म हेटौँडाका विभिन्न क्षेत्रमा कला कार्यशाला, छलफल आयोजना गरिएको थियो । महोत्सवमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाका माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा पु¥याउने खालका चित्र कार्यशालामा तयार पारिएका थिए । कला महोत्सवमा कलाकार हरिभजनमान सिंह प्रधानलाई ललितकला सम्मान–२०८१ प्रदान गरिएको थियो ।
आफ्नै कविता जस्तै जीवन बाँच्ने कवि
रोक्ने को हो दूरदर्शी विचारका धारा को हो नयाँ नेपालको बोक्ने अभिभारा ? जनकवि गोकुल जोशी कवितामा परिवर्तन विरोधीलाई लल्कार्दै परिवर्तनका लागि भुइँमान्छेलाई उत्प्रेरित गर्नुहुन्थ्यो । करिब सात दशकअघि जोशीले लेखेका कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । गरिब, भोका, नाङ्गा, उत्पीडितको कविता लेख्ने जनकविको जीवन पनि अभावग्रस्त एउटा मजदुरकै रूपमा गुज्रिएको थियो ।
आस्था केसीको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
साहित्यकार तथा सञ्चारकर्मी आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ।
ज्ञवालीलाई रिमाल पुरस्कार
साहित्य सदन नेपालले कविता र समालोचना विधामा सक्रियतापूर्वक साधनारत व्यक्तित्व प्राडा रामप्रसाद ज्ञवालीलाई गोपालप्रसाद रिमाल पुरस्कार–२०८१ प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ । गुल्मी जिल्लामा २०२४ सालमा जन्मिएका ज्ञवालीका काव्य, आख्यान, बालसाहित्य, समालोचनाका क्षेत्रमा एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । विवश आँसु (नाटक), परिवर्तनको मोडमा (उपन्यास), जीवनका घुम्तीहरू (उपन्यास), औँसीका फूलहरू (महाकाव्य), आख्यानकार पारिजात (समालोचना ग्रन्थ), पुतली र झुसिल्किरो (कवितासङ्ग्रह), एकादेशमा (खण्डकाव्य), सानी परेवी र बाज (बालकथा), अश्रु ग्यास (कवितासङ्ग्रह), सम्पत्ति (एकाङ्की सङ्ग्रह), स्वप्नदृष्टि (यात्रा महाकाव्य) र पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या (सैद्धान्तिक समालोचना) लगायत कृति प्रकाशित छन् ।
नेवाः आर्टमा उचुष्म जम्बलका विविध रूप
नेवार समाजमा ख्याक र उचुष्म जम्बललाई मिथक, परम्परा र संस्कृतिका रूपमा लिइन्छ । धन, सम्पत्ति, वैभव प्रदान गर्ने देवताका रूपमा पुजिने उचुष्म जम्बल (कुवेर) का विविध स्वरूप छन् । उचुष्म जम्बलका यिनै विविधतालाई समेटेर कुपण्डोलस्थित पूर्ण म्युजिय अफ नेवाः आर्टमा शनिबारदेखि प्रदर्शनी सुरु गरिएको छ ।
‘कोपिलाका सुगन्ध’ सार्वजनिक
लेखक विन्दु अधिकारी ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ शनिबार सार्वजनिक गरिएको छ । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वको बाल्यकालको संस्मरण सँगालोका रूपमा ‘कोपिलाका सुगन्ध’ कृति रहेको छ । सो कृतिमा समेटिएका व्यक्तित्वले संयुक्त रूपमा पुस्तकको सार्वजनिक गर्नुभएको थियो । सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको बाल्यकाल समेटिएको कृतिमा आफूले समेत स्थान पाउँदा खुसी लागेको बताउनुभयो ।
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।
तीन साहित्यकार पुरस्कृत हुँदै
बाँकेको तीन जना वरिष्ठ साहित्यकारलाई सुदूरपश्चिमाञ्चाल साहित्य समाजले पुरस्कृत गर्ने भएको छ ।
सिँजा साम्राज्य र नेपाली भाषा
नेपाल राष्ट्रको भूमिमा विगतमा कस्ता कस्ता साम्राज्य उदय र अस्त भए, कस्ता पराक्रमी योद्धा यस भूखण्डमा उत्पन्न भएका थिए, समाजलाई यसको जानकारी पूर्ण छैन । भारतवर्षमा बलियो केन्द्रीय सत्ता नभएका बेला
अब उहाँको फोन कहिल्यै आउने छैन
म अन्योलमा छु– कहाँबाट सुरु गरौँ लेख्न ? कसरी सुरु गरौँ ? साढे पाँच दशकभन्दा बढी समय निकट सम्बन्ध रहेका मेरा श्रद्धेय गुरुसँगका अनगन्ती सम्झनाहरू छन् मसँग । यो छोटो लेखमा सबै लेख्न सम्भव छैन
मृत्यु ऐन (कथा)
मृत्यु ऐन श्रुति परम्परामा आधरित ऐन हो । यो लामो समयदेखि हिमवत्खण्डमा चलिआएको छ । समाजमा धेरै कानुन संहिताकरण भएसँगै यो महत्वपूर्ण कानुन पनि संहिताबद्ध गर्न थालनी गरिएको हो । भोलिको समाजले मृत्यु ऐनको लेख्य प्रमाण खोज्दा सहज र सरल रूपमा उपलब्ध होस् भन्ने लोकको चाहना अनुसार मृत्यु ऐन दस्ताबेजीकरण गरिएको हो । बाजेले भने अनुसार परापूर्वकालमा सम्पूर्ण समाज एकदम सुव्यवस्थि
नेपालको शैक्षिक इतिहास
शिक्षाबिना कुनै पनि मुलुकको भविष्य निर्माण असम्भव छ । शिक्षामा नागरिक पहुँच, गुणस्तर र व्यक्तिको अन्तरनिहित शक्तिलाई रचनात्मक सिप र ऊर्जामा परिणत गर्ने तौरतरिकामै देशको विकास निर्भर गर्छ । नेपालको शैक्षिक क्षेत्र अझै पनि समस्यामुक्त छैन । समकालीन विश्वका कतिपय मुलुकभन्दा धेरैपछि मात्र नेपालमा संस्थागत शिक्षाले जरा फैलाउन थाले पनि यसको विगत अध्ययन गर्न पर्याप्त शैक्षिक सामग्रीको अभाव थियो । यो अभाव परिपूर्ति गर्न प्राडा श्रीरामप्रसाद उपाध्यायको भर्खरै मात्र नेपालको शैक्षिक इतिहास पुस्तक सार्वजनिक भएको छ । नेपालको शैक्षिक विगत जानकारी राख्न चाहनेका निम्ति पुस्तक उपयोगी हुन सक्छ ।
अक्करमुनि चामे
झ्याप्प ! गै त गो बत्ती । चामे टेक्नु पनि अन्धकारले सर्लक्कै निल्नु बराबरी भयो । फेरि पानीका थोप्लाथोप्ली बढेर ठुल्ठुलै भए । छातै छेडूँला भएर दर्कियो झरी । खोइ, कता लाग्नु । खोइ, कता अडिनु । खोइ, कता छेकिनु । कतै क्यै नदेखेको चामेलाई मैले आँखा तिखा पारेर अँध्यारोमा छामछाम छुमछुम गरेँ । निकै गहिरेर हेरेपछि अलेली घर, खाल्टाखुल्टी, खोँच र तछारिएका भिर सामुन्निए ।
ज्ञवालीलाई गोकुल पुरस्कार
समालोचक ईश्वरचन्द्र ज्ञवालीलाई यस वर्षको ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गम पोखराले स्थापना गरेको पुरस्कारको राशि ४० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । सङ्गमका अध्यक्ष भीम रानाभाटका अनुसार जनकवि गोकुल जोशीको सम्मानमा स्थापना गरिएको पुरस्कार प्रगतिशील साहित्य, दर्शनशास्त्र र समालोचनाको क्षेत्रमा क्रियाशील ज्ञवालीलाई प्रदान गर्न लागिएको हो । चार दशकदेखि नेपाली वाङ्मय क्षेत्रमा क्रियाशील ज्ञवालीको जन्म पाल्पामा भएको हो ।
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताउनुभएको छ ।
सारङ्गीसँग साइनो छाड्दै गन्धर्व
सारङ्गी भन्नेबित्तिकै धेरैले गन्धर्व सम्झन्छन् । लडाइँका कथा, देशविदेशका घटनालाई मर्मस्पर्शी भाकामा गाउने गन्धर्व जातिले गाउने पेसा अपनाउँदै आएका छन् । जीविकोपार्जनका लागि सहर, गाउँघर र सार्वजनिक यातायातमा सारङ्गी रेट्दै दुःख र सुखका कथा, कर्खा, मागल र हास्यरसयुक्त भाका गाउने गन्धर्व जाति धेरै जसोले गाउने पेसा छाड्दै गएका छन् । सारङ्गी, अर्बाजो जस्ता बाजासँग गन्धर्वको साइनो छुट्दै गएको छ ।
एघार कविलाई भानुसिंह पुरस्कार
साहित्यकार रवीन्द्रनाथ टैगोरको सम्झनामा विश्वका ११ कविलाई भानुसिंह साहित्य पुरस्कार प्रदान गरिएको छ । बङ्गलादेशको दी डेली ग्लोबल नेसन र भारतको ग्लोबल राइटर्स एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने छ देशका ११ जना कविलाई सो पुरस्कार प्रदान गरिएको हो ।
मिथिला चित्रकला प्रदर्शनी
लोककलाकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न भएको छ । कोपनहेगनको नेपाली भान्छाको ग्यालेरीमा वैशाख २९ र ३० गते चित्रकला प्रदर्शनी भएको थियो । डेनमार्कका लागि नेपाली राजदूत प्राडा रामस्वार्थ रायले सो प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो । नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरेको थियो ।
इतिहासकार ज्ञानमणि नेपालको निधन
इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ । मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो ।
दुईदिने काव्यगोष्ठी
जेपी प्रतिष्ठान मैत्री सेवाश्रम तथा मित्रसेन दाहाल फाउन्डेसन र नेपाली लेखक सङ्घद्वारा संयुक्त रूपमा आयोजित विचार बहससहितको दुईदिने काव्यगोष्ठी सम्पन्न भएको छ । वैशाख २९ र ३० गते मैत्री सेवाश्रम, लप्सीफेदीमा आयोजित कार्यक्रममा पहिलो दिन लेखक तथा राजनीतिक विश्लेषक अरुण सुवेदीले ‘हाम्रो बाटो : हाम्रो गन्तव्य’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठको सभापतित्वमा आयोजित बहसमा मुलुकको वर्तमान आर्थिक अवस्थाका साथै नेपाली वाङ्मयमा पारेको प्रभावका बारेमा विचार मन्थन गरिएको हो ।
ललितकलामा ‘स्केचिङ एन्ड स्कप्चर’
काठमाडौँ महानगर अन्तर्गतका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको शिक्षामा सिप कार्यक्रम अन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीबाट सिर्जित कलाकृतिको प्रदर्शनी आइतबार सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका शिक्षा विभागको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो तालिम भएको हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले कलालाई करियर तथा हविका रूपमा पनि लैजान सकिने बताउनुभयो । “विद्यार्थीले आफूसँग जे जे क्षमता छ, त्यसैबाट सुरु गर्ने भन्ने सन्देश यस कार्यक्रमले दिएको छ । एक विद्यार्थीले अर्कोबाट सिक्ने प्लेटफर्म पनि भएको छ । अर्कोपल्ट यो कार्यक्रम अझ कस्तो होला भनेर म झन् उत्साहित छु,” उहाँले भन्नुभयो । उपप्रमुख डङ्गोलले प्रतिष्ठानसँग आगामी दिनमा कलासँग सम्बन्धित विविध कार्यमा महानगरपालिकाले सहकार्य गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
सतीदेवी साउन ४ मा रिलिज हुने
चलचित्र ‘सतीदेवी’को साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ । फस्टलुक पोष्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।
‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’
रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बन्नु भएका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत नै चर्चामा आउनुभयो । शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो ।
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : प्रमुख साह
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले ‘चित्रकला’ र ‘मूर्तिकला’बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताउनुभएको छ ।