काठमाडौं, पुस २२ गते । स्थिति लम्सालको स्मृतिमा उहाँका बुवाआमा नारायण जोशी लम्साल र विन्दिया लम्सालले एक लाख पाँच सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
सो रकम नेपाल बैंकमा खाता खोलेर राखिएको छ । उक्त रकमबाट आउने ब्याजबाट हरेक वर्ष बालिकालाई नगद पाँच हजार पाँचसय पुरस्कार स्थापना गरिएको छ ।
दस वर्ष पूरा भई अठार वर्ष ननाघेका कला, साहित्य क्षेत्रमा अग्रसर बालिकालाई उक्त पुरस्कार प्रदान गरिने निर्णय गरिएको जानकारी नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुलले दिनुभयो । अक्षय कोष स्थापना गर्दा समाजका अध्यक्ष मृदुल, सचिव रञ्जना पराजुली लम्साल र आमा विन्दिया लम्सालले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त पुरस्कारका लागि विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण २०८१ पुस २२ देखि माघ १० गतेसम्म विवरण mamatamridul072@gmail.com मा पठाउन सकिने छ ।
उहाँको वि.सं. २०५४ मा दुर्घटनामा परेर आठ वर्षको उमेरमा निधन भएको थियो ।