कालजयी गीत मृत्युको स्वर
जन्मेपछि मर्नै पर्छ सबैलाई थाहा छ तर मान्छेले बेला बेलामा मर्नु पर्छ भन्ने कुरो नै बिर्सन्छ । जन्म–मृत्यु शाश्वत सत्य भएकाले दार्शनिकले मात्र नभई हरेक सचेत व्यक्तिले जीवनको कुनै न कुनै क्षणविशेषणमा मृत्यु चिन्तन गरेकै हुन्छ । मानिसको जन्मपछि कालक्रम अनुसार उसको मृत्यु हुन्छ र यो सृष्टिचव्रmको नियमित प्रक्रिया हो । मानिसले मृत्युका बारे जति सोचे पनि र मृत्युलाई टार्न जति नै
ललितकला प्रदर्शनी सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शक्रबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी त्यहाँबाट छानिएका उत्कृष्ट कलाकृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार : उपकुलपति श्रेष्ठ
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार भएको बताउनुभयो ।
आफ्नै स्वभावको मान्छे
काठमाडौँको अनामनगर बस्नुहुन्थ्यो उहाँ । संसद् सचिवालयमा जागिर । घरबाट धेरै टाढा पनि थिएन । अनामनगर बस्ने धेरै छन्, जागिर खाने कर्मचारी पनि त्यत्तिकै छन् । राधेश्याम भट्टराई अलि भिन्न । शालीन पा
बिक्री कम, प्रदर्शनी धेरै
समाज जति विकसित हुँदै गएको छ, कलाको परिभाषा पनि त्यति नै व्यापक र परिमार्जित हुँदै आएको छ । कला अभिव्यक्तिको माध्यम हो । त्यस कारण पनि यसलाई मानव सभ्यताको अभिन्न अङ्ग मानिन्छ । कलामा विधा विविधता छ । परम्परागत चित्रकला, समसामयिक चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला यसभित्र पर्छन् । मूर्तिकला एउटा महत्वपूर्ण विधा मानिन्छ । मूर्तिमा कुनै ठोस वस्तुमा केन्द्रित भएर बहुआयामिक आकृति भर्ने काम गरिन्छ । जुन विभिन्न धातु, ढुङ्गा, माटो र काठ जस्ता चिजबाट बनाउन सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ललितकला प्रदर्शनी शुक्रबारसम्म छ, जसमा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित
कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उहाँहरू सामान्य जीवनमा फर्कनुहुन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ ।
माइलीलाई धन्यवाद !
मङ्सिर सकिएर पुस लाग्न थालेको छ । घाम प्यारो हुँदै गएको छ अनिलको हजुरबालाई । बुढो पुरानो टोलको दुई पुस्ता अघिदेखिको सानो पसलको अगाडि मेच राखेर बिहानभरि घाम ताप्न बस्छ । त्यो टोल काठमाडोँको प्राचीन टोल थियो ।
‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटो : रोड टु डेथ’
नेपालमा पछिल्लो समय फरक-फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हास्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् ।
तीन साहित्यकारलाई मधुपर्क सम्मान
गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५७ औं वार्षिकोत्सव आज मनाइएको छ । सो अवसरमा तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ ।
सँझ्याः (कथा)
ड्याम्म... । आँगनमा केही खसेको र फुटेको आवाज आयो । जोगलाल धेवाजूले हतार गरेर सँझ्याः बाट तल नियाले । धुरीबाट टायल झरेको रहेछ । के भएछ भन्दै उनी हतारिँदै खुरुरुरु भ¥याङ ओर्लेर तल गए । आँगनमा उभिए
शैलेन्द्रलाई सम्मान
शङ्खधर साख्वाः स्मृति केन्द्रले बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान वज्राचार्यलाई सम्मान गरेको छ । केन्द्रका अध्यक्ष राजभाइ जकःमिले राष्ट्रिय विभूति शङ्खधर शाख्वाःको पूर्ण कदको सालिक राख्नेबारे मन्त्री वज्राचार्यसँग अनुरोध गर्नुभएको थियो । सो प्रस्तावबारे आफू सकारात्मक भएको मन्त्री वज्राचार्यले बताउनुभयो । नेवाः नखः संस्था न्युयोर्कका अध्यक्ष डा. नरेश शाक्यले विदेशमा बस्ने नेपालीलाई नेवार जातिको चाडपर्वबारे जानकारी दिन आफूहरूले पहल गरिरहेको बताउनुभयो ।
१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन
तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ ।
तुलाधरको मूर्तिकलाले जित्यो एक लाख पुरस्कार
ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौथो पुस्ता हुनुहुन्छ ।
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृत्तचित्र र लघु चलचित्र छनोट भएका छन् ।
देशप्रेमका विलक्षण आदर्शवादी कवि
पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमि
बहुमूल्यसँग अमूल्यको के तुलना ?
साहित्यको जननी समाज हो । विश्वमा लेखिएका कुनै पनि यस्ता साहित्य छैनन् जो समाज निरपेक्ष हुन् । साहित्य समाजमा जन्मन्छ र समाजकै लागि काम गर्छ । समस्तको हित गर्ने विधा साहित्य भएकाले यस सन्द
शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुति
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागद्वारा शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुत गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न शास्त्रीय एवम् परम्परागत नृत्यहरू प्रस्तुत गरिएको हो ।
देशप्रेमका विलक्षण आदर्शवादी कवि
पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमिका निर्वाह गर्ने आदर्शवा
सङ्गीतको सुर सिकाउँदै छ दशक
नेपालका मूर्धन्य सङ्गीतकार, गायकगायिकाले सङ्गीतको सुर सिकेको कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयले ६१ औँ वार्षिक उत्सव मनाएको छ । नातिकाजी, शिवशङ्कर, तारादेवी, शम्भुजित बाँस्कोटालगायत सयौँ सङ्गीत अनुरागीले कलानिधिबाटै सङ्गीत र गायन कलामा उपाधि लिनुभएको थियो । कलानिधि सङ्गीत विद्यालयको नाम २०२० सालमा परिवर्तन भई कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय भएको थियो । महाविद्यालयले ६१ औँ वार्षिक उत्सवका अवसरमा सर्जकलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार आयोजित वार्षिक उत्सवमा विशेष सङ्गीत स्रष्टा सम्मान र उत्कृष्ट विद्यार्थी पदक वितरण गरिएको छ । हरेक वर्ष प्रदान गरिने ३१ हजार रुपियाँ राशिको कलानिधि आइडल पुरस्कार रमेश सेन्चुरीलाई प्रदान गरिएको छ ।
भित्तामा दोलखा चिनाउने चित्र
चरीकोटको सातदोबाटो चोकका सडक भित्तामा भीमेश्वर नगरपालिकाले भित्तेचित्र बनाउन थालेको छ । भीमेश्वर नगरपालिका–३ र ६ को सातदोबाटो चोकको झार झिकेर रङरोगन र चित्र बनाउन थालिएको हो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार पर्यटकीय क्षेत्रका रूपमा विकाम गरी पर्यटक आकर्षित गर्न भित्तेचित्र निर्माण गरिएको हो ।
स्मृतिमा भीष्मपितामह
कवि तथा लेखक पण्डित दीपनारायण मिश्र हामीमाझ हुनुहुन्न । उहाँले यो धर्ती छाडेको चार वर्ष बितिसकेको छ । भौतिक रूपमा उहाँ हामीमाझ हुनुहुन्न तर उहाँ आफ्नो साहित्यिक कर्म र धर्मले गर्दा उहाँ हिजो, आज र भोलि पनि जीवित रहनुहुने छ । पं.
बहुमुखी व्यक्तित्व र कृतित्व
आधुनिक नेपालीय भोजपुरी साहित्यको विकास तथा संवर्धनमा निकै ठुलो भूमिका निर्वाह गर्ने र आफ्नो जीवनको अन्तिम कालसम्म भोजपुरी भाषा र साहित्यकै समृद्धि तथा सम्पन्नताका लागि चिन्ता र चिन्तन गरिरहने साहित्यकार पं
जीवित देवी कुमारीको कथा ‘अग्निचक्षु’
जीवित देवी कुमारीको विषयमा आधारित नाटक हो, अग्निचक्षु । देवी कुमारीको समग्र मनस्थिति, किशोर मनोविज्ञान, समाजले उनलाई हेर्ने दृष्टिकोणलगायतलाई मिहिन ढङ्गले नाटकमा उतारिएको छ । नाटकमा जीवित कुमारी अष्टलक्ष्मी र उनका साथी बालाबिचको संवादलाई विशेष आकर्षक बनाइएको छ । कुमारीको प्रेम जीवनलाई मनमोहक ढङ्गले नाटकमा प्रस्तुतीकरण गर्दाको रौनकलाई कुमारीकै प्रेमीले आफ्ना आमालाई वृद्धाश्रममा पठाएकोलगायतका दृश्यले भावविह्वल बनाउँछ ।
पाँच कविता कृति लोकार्पण
अवकाशप्राप्त महासेनानी अनन्तकुमार बस्नेतका विभिन्न छन्दमा लेखिएका पाँच कविता कृतिको लोकार्पण भएको छ । गोरखा पब्लिकेसन्स प्रालिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँका पाँच वटा कविता सङ्ग्रह लोकार्पण गरिएको हो । सर्जक अनन्तकुमार बस्नेतकी माता रत्नकुमारी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा बस्नेतको कविता सङ्ग्रहहरू अभ्यर्चना, निर्झर, बसुधा, वासन्तीबाला र गजल सङ्ग्रह निर्भmर सार्वजनिक गरिएको हो ।