पाटन सङ्ग्रहालयमा थारु संस्कृति झल्काउने प्रदर्शनी
ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको पाटन सङ्ग्रहालयमा थारु संस्कृति तथा इतिहास झल्काउने तस्बिर तथा बस्तुहरुको प्रदर्शनी गरिएको छ ।
सङ्गीतकार सन्तोषको वर्ल्ड रेकर्ड
सङ्गीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रूपमा वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायाङ्कन गरिएको गीत ‘तिलिचो ताल...’ बाट उहाँले गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको हो ।
होलीका लोकभाका हराउँदै
अघिल्लो पुस्तासम्म पनि होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने चलन थियो । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो होली अर्थात् फागुको समय । रङ खेल्ने मात्र होइन, रङ जस्तै स्वच्छ माया पिरती लगाउने उपयुक्त मौसम पनि यसै समयलाई मानिन्थ्यो ।
प्रज्ञा–प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा
नेपाल प्रज्ञा–प्रतिष्ठानले १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञा–प्रतिष्ठान कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘मान्छे मर्ने तलाउ’ लोकार्पण
साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा कार्कीले कविताको माध्यमबाट देशको कुरालाई कविले राम्रो ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । ३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध हुनुभएका जफेलीको यो सातौँ कृति हो ।
भगवान् शिवसम्बन्धी कला प्रदर्शनी
महाशिवरात्रिका अवसरमा आर्ट बुमको आयोजनामा ‘शिव’ शीर्षकका कला प्रदर्शनी सञ्चालनमा रहेको छ । काठमाडौँ ठमेलस्थित होटल आर्ट्स ग्यालरीमा प्रदर्शित कलामा कलाकारले भगवान् शिवका विषयलाई विभिन्न माध्यममा चित्रण गरेका छन् । कला प्रदर्शनीमा यस पटक १९ जना कलाकारले सिर्जना गरेका २१ कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा कलाकार चिरञ्जीवी भट्ट, दिनेश शाक्य, किपा राणा, मलिका उदास, सुषमा राजभण्डारी, मिनरत्न वज्राचार्य, मदन श्रेष्ठ, ओमप्रकाश गुरुङ, जुजुकाजी श्रेष्ठ, सजिता श्रेष्ठ, सानुराज डङ्गोल, विकेश घिमिरेलगायत कलाकारका कला समावेश गरिएको छ ।
ऐतिहासिक सिम्रौनगढ
ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको सिम्रौनगढ अहिले नेपालको राजनीतिक भूगोलमा मध्य तराई, मधेश प्रदेशको बारा जिल्लामा पर्छ । बारा जिल्लाको सदरमुकाम कलैयाबाट २० किलोमिटर दक्षिण पूर्वमा रहेको सिम्रौनगढ पूर्वप
चिन्ता (कथा)
मती बहाना बनाउन थालिन् म सचेत हुनुपर्ने थियो तर श्रीमतीको मायामा यति अन्धो भएछु अन्य कुरा सोच्न आवश्यक ठानिन् । मैले उनका सबै आवश्यकता पूरा गरे जस्तो लागेको थियो । उनी खुसी छन् भन्ठानेको थिएँ । उनको चरित्रमा
मलाई त पुग्छ (कविता)
मलाई त केवल रमाउनु छ धन र सुन हैन नुन र ऊन भए पुग्छ