• ५ पुस २०८१, शुक्रबार

‘हरि हजुरबा’ मञ्चन सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ५ गते । थापागाउँस्थित मण्डला नाटकघरमा बिहीबारदेखि ‘हरि हजुरबा’ को मञ्चन सुरु भएको छ । पुस २८ गतेसम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुने नाटकका निर्देशक अभिनेता नाजिर हुसेनले जानकारी दिनुभयो । नाटकमा हुसेनको लेखन, परिकल्पना तथा अभिनयसमेत रहेको छ ।  । उहाँ करिब १० वर्षपछि नाटकमा फर्किनुभएको हो ।

द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा पूर्णबहादुरको सारङ्गीबाबट ख्याति कमाउनुभएका अभिनेता विजय बराल पनि देखिनुभएको छ । अभिनेता बराल नाटक ‘मितज्यू’ पछि पहिलो पटक मञ्चमा देखिनुभएको छ ।  चिठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको कथालाई नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाका रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ । नाटकको निर्मातामा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ हुनुहुन्छ ।