• ७ वैशाख २०८२, आइतबार

पोखरामा अन्जान एकल साँझ सम्पन्न

blog

गजल वाचन गर्नुहुँदै एन बी अन्जान ।

पोखरा, पुस ११ गते। अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’को विमोचन र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र केसी देवुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त हुनुहुन्थ्यो। विशेष अतिथि पूर्व प्राज्ञ गायिका हरिदेवी कोइराला, विशिष्ठ अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्‌का बिखर्ची हुनुहुन्थ्यो।

कार्यक्रममा पोखरास्थित सम्पूर्ण वाङ्गयीक संस्थाका प्रमुख, कवि, साहित्यकार तथा साहित्य सङ्गीतका साधक तथा अनुरागीको सहभागिता थियो।