काठमाडौँ, असार २ गते । साहित्यकार सुवर्णकेशरी चित्रकार र गायक जुजुकाजी रञ्जितले गणेश देवी स्मृति पुरस्कार–२०८२ प्राप्त गर्नुभएको छ । गणेशदेवी फाउन्डेसनले विगत तीन वर्षदेखि नेपाल भाषा, साहित्य, कला र सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने स्रस्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । चित्रकार र रञ्जितलाई जनही २५ हजार रुपियाँ र सम्मानपत्रले पुरस्कृत गरिएको हो ।
फाउन्डेसनका अध्यक्ष वरिष्ठ साहित्यकार स्नेह सायमी र वरिष्ठ साहित्यकार डा. महेशमान श्रेष्ठले संयुक्त रूपमा दुवै जनालाई पुरस्कृत गर्नुभयो ।