• ५ माघ २०८१, शनिबार

डा. थापाको तन्त्र र मन्त्र विज्ञान

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ ५ गते । धार्मिक अभियन्ता एवं पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ । डा. थापाका दुवै पुस्तकलाई हिन्दीमा एउटै पुस्तक ‘तन्त्र र मन्त्र विज्ञान’ प्रकाशन गरिएको हो । डा. थापाको हिन्दीमा अनुवाद गरिएको पुस्तक धार्मिक अभियन्ता गुरु बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसले मुम्बईमा आयोजित १० महाविद्या विष्णु सहस्र कोटी हवन महायज्ञमा लोकार्पण गर्नुभयो । 

पुस्तक लोकार्पण गर्दै काली बाबाले ध्यान, ज्ञान र विज्ञानलाई संश्लेषित रूपमा पुस्तकमा समावेश गरिएको बताउनुभयो । लेखक डा. थापाले नेपालको साधना र अध्ययनमार्फत प्राप्त ज्ञानलाई पुस्तकमा समावेश गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तन्त्र विज्ञान र मन्त्र विज्ञान दुई वटा पुस्तक हुन् । हिन्दी भाषामा एउटै पुस्तक प्रकाशन भएको छ । समाजका सबै वर्गलाई यो पुस्तक लाभदायक छ ।”