• २ असार २०८२, सोमबार

गायिका तथा डम्याङवादक फुटी सम्मानित

blog

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहबाट सम्मान–पत्र ग्रहण गर्नुहुँदै फुटी शेर्पा । तस्बिर: गोरखापत्र

काठमाडौँ, असार २ गते । गायिका तथा डम्याङवादक फुटी शेर्पा सम्मानित हुनु भएको छ । नेपाल शेर्पा सङ्घको ७ औँ महाधिवेशनको अवसरमा आइतबार काठमाडौँमा उहाँलाई सम्मान गरिएको हो । 

लामो समय देखि डम्याङ बजाएर संगितीक कार्यक्रम गर्दे आउनु भएका शेर्पालाई शेर्पा संस्कृतिको संरक्षण र जगेर्णमा सहयोग पुर्‍याएको भन्दै सङ्घले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शेर्पालाई सम्मान–पत्र प्रदान गर्नुभई सम्मानित गर्नुभएको थियो । 

भारतको सिलगुरीमा आयोजना भएको अन्तर्राष्ट्रिय हिमालयन इथ्निक गायन प्रतियोगिता २०२५ मा उहाँ उपविजेता बन्नुभएको थियो । उहाँले यस प्रतियोगितामा डम्याङको धुन बजाएर एक दर्जन बढी देशका प्रतिस्पर्धालाई पछि पार्न सफल हुनु भएको थियो ।

डम्याङवादक फुटी शेर्पा र उहाँका साथीहरू । तस्बिर: गोरखापत्र

शेर्पा समुदायको पहिचान स्थापित गर्न कलाकारिताको माध्यमबाट पुर्याउदै आएको उहाँको योगदानको कदर स्वरूप सम्मान गरिएको नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पाले बताउनभयो । परम्परागत बाजाको रूपमा मानिने डम्याङबाट मिठो धुन दिएर शेर्पा तथा हिमाली जातिको पहिचान स्थापित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उहाँले योगदान पुर्‍याएको शेर्पाको भनाई छ । 

यो पनि पढ्नुहोस

टुङ्ना वादक फुट्टी शेर्पालाई अन्तर्राष्ट्रिय उपाधि