गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २ गते । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूद्वारा लिखित पुस्तक ‘मुटुको कथा’ लोकार्पण भएको छ । राजधानीमा मङ्गलबार आयोजित कार्यक्रममा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू, मुटुरोग चिकित्सक डा. स्मृति शाक्य र अभिनेता हरिवंश आचार्य तथा लेखक डा. कोजूले लोकार्पण गर्नुभयो । बुकहिल प्रकाशनले प्रकाशन गरेको पुस्तकमा मुटुरोग लाग्न नदिन सबैले अवलम्बन गर्नुपर्ने उपाय सरल भाषामा प्रस्तुत गरिएको छ । पुस्तक लेखहरूको सङ्ग्रह हो ।