साहित्यमा सफलता र साधना
दुनियामा सबैभन्दा अपरिभाषित कुनै विषय छ भने त्यो ‘सफलता’ हो । कसले मलाई बताइदिन र बुझाइदिन सक्छ सफलता भनेको के हो ? आज यस वर्ष (२०८१) को लक्ष्मीपूजाको
अबको बाटो
दृश्यसमय: अपराह्नको समय । स्थान: सुकुमवासी बस्ती । धेरैजसो छाप्रो नदीले बगाएको छ । बस्तीको वातावरण मसानघाट जस्तै चकमन्न र भयावह बनेको छ । कता कता मानिसहरू बोलेको, रोएको आवाज आइरहेको छ । बचेका केही छाप्राहरूको नदीतर्फको भाग बगाएको छ । चुनीमाया छाप्रोको अवस्था देखेर रोई रहेकी छे । यत्तिकैमा सामाजिक अभियन्ता आशाकिरण छाप्रोमा आइपुग्छिन् । उनको पछि–पछि एक जना पत्रकार र एक जना ठुलो झोला बोकेको भरिया पनि सँगै छ । पत्रकार छाप्राको दृश्य क्यामेरामा कैद गर्न व्यस्त छ । आशाकिरण: हेर त छाप्राको अवस्था । कुनै कुरा बाँकी नराखी बगाएछ । नरोऊ बहिनी । विपत्का बेला सबैलाई यस्तै हो ।चुनीमाया: (हतारहतार आँशु पुस्दै) नरोएर के गर्ने दिदी । बाढीले केही बाँकी राखेन । आशाकिरण: छाप्रा त आफ्नै हो नि ?चुनीमाया: छाप्राको मालिक त अरू नै छ । हामी त यहाँ भाडा तिरेर बस्दै आएका छौँ । आशाकिरण: यो छाप्रा आफ्नो होइन ? (पत्रकारतिर पुलुक्क हेर्छिन् ।)चुनीमाया: (सलको सप्कोले आँशु पुस्दै) होइन नि दिदी । यहाँका धेरै जसो छाप्राहरू भाडाकै त हुन् नि । कति वटाको त नामो निशान छैन ।आशाकिरण: श्रीमान् खोई त ?चुनीमाया: छोरी खोज्न गा’छ ।आशाकिरण: (आश्चर्य मान्दै) किन ? छोरी कता गई ?चुनीमाया: हिजो राति बस्तीमा बाढी पसेपछि हामी लोग्नेस्वास्नी सामान बचाउनतिर लाग्यौ । पछि छोरी खोज्दा छोरी छाप्रोमा थिएन । आशाकिरण: कतै उद्धार टोलीले भेटाएर राखिदिएको हुन सक्छ । शिविरमा बुझ्नु पर्छ । चुनीमाया: मेरी छोरी जीवित छन् कि मरिसकी, बुढो नआई थाहा हुँदैन दिदी । चुनीमाया उसै गरी फेरि सुकसुकाउन थाल्छे । आशाकिरण: छिः के भनेकी त्यस्तो । शुभ शुभ बोल्नु पर्छ । बुवासँगै छोरी फर्केर आउँछे । ढुक्क बस । (भरियाले बोकेको ब्यागबाट एक बोतल पानी, भुजा र दालमोठको एउटा एउटा पाकेट दिँदै) ल, यो समाऊ । म दाताहरूसित तिमीहरूका लागि राहतको अपिल गरौँला । मन बलियो गरेर बस । सब ठिक हुन्छ । अभियन्ता आशाकिरण, पत्रकार र भरिया अर्काे छाप्रातिर जान्छन् । यति नै बेला शमशेर नियास्रो अनुहार पारेर छाप्रोमा फर्केको छ । चुनीमाया ः (लोग्नेलाई एक्लै देखेपछि) ल, खै त छोरी ? भेटेनौ ?शमशेर ः (लामो सुस्केरा हाल्दै रुन्चे स्वरमा) धेरै ठाउँ खोजँे । धेरैलाई सोधेँ । प्रहरी चौकीसम्म पुगेँ तर कसैले देखेँ भनेनन् बुढी । हाम्री छोरीलाई बागमतीले निल्यो बुढी । (ग्वाँ ग्वाँ रुन थाल्छ । लोग्ने रोएपछि चुनीमाया पनि लोग्नेलाई अँगालो मारेर रुन थाल्छे । केहीक्षण सँगै रोएपछि) चुनी, भो नरो । (आँशु पुछिदिँदै) हाम्रो भाग्य नै यस्तो रहेछ । मेयरसापले यहाँ बस्न जोखिम छ, बस्ती खाली गर भन्दा उल्टै ढुङ्गामुढा ग¥यौँ । आखिर त्यति बेलै छोडेर अन्तै कतै गएको भए यसरी छोरी गुमाएर निःसन्तान हुनु पर्ने थिएन ।चुनीमाया ः पसलका लागि ल्याएको कपडा, चुल्हो, भाँडाकुँडा, अन्नपात सबै बगाएर लग्यो बुढो । अब साहुको ऋण, छाप्राको भाडा के गरी तिर्ने होला ? (शमशेरको मलिन अनुहारमा हेर्दै) यतिन्जेल केही खाएको छैनौ होला ?शमशेर ः तैँले पनि त केही खाएकी छैनस् होली नि । केही भए पो खान्थिस् । व्यापार गरेको पच्चिस सय रुपियाँ कमेजको खल्तीमा थियो, त्यो पनि मालसामानसँगै बगाएछ । चुनीमाया ः (दालमोठ र भुजाको पाकेट खोल्दै) एक जना दिदी पत्रकार लिएर आएकी थिइन् । उनैले दिएर गएकी । खाऊ ।शमशेर ः खान मन छैन । (भुजा र दालमोठतिर हेर्दै)चुनीमाया ः खान त मलाई पनि कहाँ मन छ र ! तर भोकभोकै बाँच्न सकिँदैन बुढो । यति खाएर छोरी खोज्न जाऔँ । कतै भेटि पो हाल्छ कि ।शमशेर ः ठिकै भनिस् । मलाई त अझै कमलीसित भेट हुन्छ भन्ने आशा छ । दुवै जनाले भुजा दालमोठ पानीसित कुपुकुपु खान्छन् र लोग्नेस्वास्नी छोरी खोज्न छाप्रोबाट प्रस्थान गर्छन् । दृश्य परिवर्तनसमय ः दिउँसो । स्थान ः चव्रmपथ छेउको खुला ठाउँ । बाढीपीडितहरू दिउँसोको भोजन गर्न लाइन लागेर बसेका छन् । लाइन लामो छ । शमशेर र चुनीमाया पनि लाइनमा खाना पर्खेर बसेका छन् । शमशेर ः चुनी, यसरी कति दिन राहतको भरमा बस्ने होला । बरु गाउँ फर्काैं ।चुनीमाया ः यतिका वर्ष भयो गाउँ छाडेर आएको । अब गाउँ फर्केर के गर्ने ?शमशेर ः पौरख गर्नलाई अभैm पाखुरा मजबुत छ चुनी । गरौँला नि केही न केही । किन चिन्ता गर्छेस् ।चुनीमाया ः जाने भए जाऔँ न त । स्वयंसेवकहरू खाना बाँड्दै उनीहरूसम्म आइपुगेका छन् । शमशेर र चुनीमायाले पेटभरि दाल–भात खान्छन् । शमशेर ः नयाँ बसपार्कबाट गाउँ जाने बस दुई बजे छुट्छ । (उठ्दै) बरु लागाँैं ।चुनीमाया ः अनि बस चढ्नलाई भाडा चाहिएन ? शमशेर ः छ मसँग । बिहान रामलालसित भेटेर बाह्र सय जति लिएँ । अरू पछि दिने भनेको छ । उनीहरू महानगरको बस चढेर नयाँ बसपार्कतिर प्रस्थान गर्छन् । दृश्य परिवर्तन काठमाडौँको नयाँ बसपार्क । विभिन्न गन्तव्यतिर जाने लामो दुरीका बसहरू लहरै रोकिराखेका छन् । आउने जाने यात्रुहरूको बाक्लै चहल पहल छ । काउन्टरबाट माइकमा यात्रुहरूलाई सूचना दिने काम भइरहेको छ । शमशेरले धादिङ जाने दुई वटा टिकट लिन्छन् र दुवै प्रतीक्षालयमा गएर बस्छन् । यत्तिकैमा एउटी बालिका भिख माग्दै उनीहरू भएतिर आउँछे । चुनीमाया ः (लोग्नेलाई कोट्याएर बालिकातिर इङ्गित गर्दै) उता हेर त, हाम्रै कमली जस्तै । शमशेर ः (राम्ररी नियाल्दै) ल, यो त हाम्रै छोरी जस्ती छे त चुनी ।चुनीमाया ः जसको छोरी देखे पनि आफ्नै जस्तो लाग्ने है बुढो ?शमशेर ः हेर्न, हाम्रै कमली जस्तै छे ।चुनीमाया ः जाऔँ जाऔँ । बस छुट्ने बेला भयो । दुवै बेन्चबाट उठ्छन् र बस भएतिर बढ्छन् । बालिका ः (दौडँदै आएर पछाडिबाट चुनीमायाको कुर्तामा समाउँदै) मैले बिहानदेखि केही खाएकी छैन आन्टी । बिस्कुट खाने पैसा दिनु न । चुनीमायालाई अहिले कमली बोलेकी जस्तो लाग्छ र फर्केर हेर्दा त्यो बालिका उनीहरूकै छोरी कमली हुन्छे । आमा छोरीको नजर जुझ्छ । चुनीमाया ः (बालिकालाई एकाएक अँगालो हालेर रुन्चे स्वरमा) छोरी, कमली तँ यहाँ ?कमली ः (चुनीमायालाई च्याप्प समातेर) ममी !चुनीमाया ः (अघि अघि लागेको लोग्नेतिर हेरेर चिच्याउँदे) औ बुढो ! यता हेर त । हाम्रो छोरी भेटियो ।शमशेर ः (फर्केर हेर्दा आमाछोरीलाई अँगालोमा बाँधिएको देख्छन् र दौड्दै आउँछ र राम्ररी नियाल्दै) कमली मेरी छोरी ! (मायाले सुम्सुमाउँदै) यति दिन कहाँ थियौ छोरी ? हामीले तिमीलाई कहाँ कहाँ खोजेनौ । (यता बसले प्रस्थान गर्नलाई हर्न बजाएर अन्तिम सङ्केत दिन्छ । शमशेर र चुनीमाया छोरीलाई डो-याउँदै हतार हतार बस चढ्छन् । बस छुट्छ ।) मधुपर्कहेटौँडा, मकवानपुर
माटोको घर (कविता)
वस्तुहरू थरी थरी घरहरू नि अनेक रङ्गी । कुनै घर माटोको त
गाउँले र खैरे (कथा)
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सबै गाउँले मिलेर बस्थे ।
पलेँटीमा ‘गजल मुसायरा’
गजलकार घनेन्द्र ओझाका यी सेर विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो ।
अवसरवादी प्रेमी [कथा]
नमस्कार हजुर ! म समीर । हजुरले चिन्न सक्नुभएन कि ? मैले हजुरलाई पहिलेदेखि चिनिरहेको छु ।
जुलुसमा झन्डा बोकिरहने मान्छे (कविता)
ऊ भोको थियो नाङ्गो थियो
‘धोबीघाट मेलोडी’ मा जीवनको गीत
मनमौजी लेखनको बेहद शैली निबन्ध हो ।
स्मृतिलोकमा विचरण : फर्कलान् र ती दिन
पूर्व २ नम्बर ग्वाल्टारमा चतुर्मासामा (हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको अवधि) पुराण लगाउने चलन थियो ।
पोकामा सङ्गृहीत टिकट खोतल्दा
मातृकोषबाट बाहिरिनुको अर्थ जन्मनु ।
बाह्र घुम्ती घुम्दै मानसरोवर
‘मेरो दृष्टिमा अरू सबै तीर्थयात्रा, कैलाश–मानसरोवर महातीर्थयात्रा ।’ भाइ केशवले कैलाश मानसरोवर यात्राको प्रस्ताव राख्दा मैले एक श्वासमै भनेको थिएँ,
पुराना गीतको लोकप्रियता
श्रुति परम्परा अनुसार ताल, सुर, शब्दानुप्रास र अन्त्यानुप्राससमेत मिलाएर मेला, पर्व आदिमा गीत गाउने चलन पुरानै हो ।
मगर साहित्य महोत्सव सुरु
उपसभामुख इन्दिरा रानामगरले बुटवलमा बिहीबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सव उद्घाटन गर्नुभएको छ ।
‘नेपाली कलालाई विश्व मञ्चमा अघि बढाउनु पर्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कला, सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्व मञ्चमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
षडानन्द प्रतिष्ठानद्वारा पुरस्कार प्रदान
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, पर्यावरण, इतिहासलगायतका क्षेत्रमा योगदान पु¥याएका विभिन्न सर्जकलाई पुरस्कृत गरेको छ ।
रङ्गमञ्च र चलचित्र एकअर्काका परिपूरक
कथा, प्रकाश, ध्वनि, रिहर्सल र कलाकारको जीवन्त अभिनयले रङ्गमञ्चलाई आकर्षित बनाउँदै आएको छ ।
उत्कृष्ट दसमा डा. आयुष्नोभा
इजिप्टमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपाल भोटिङ राउन्डको उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।
खनालको ‘संसारमा तिमीलाई...’
प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्व. श्रीमती अनिता आचार्यको स्मृतिमा संसारमा तिमीलाई...भन्ने गीत युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ ।
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
सम्झनामा नारायणगोपाल
स्वारसम्राट् नारायणगोपालको ३४ औँ स्मृति दिवसमा बुधबार एक कार्यक्रम गरी उहाँको सम्झना गरिएको छ ।
शाहलाई सङ्गीत पुरस्कार
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ ।
साहित्यकार तिमल्सिनालाई अमेरिकामा अभिनन्दन
साहित्यकार प्रा.डा मोहनप्रसाद तिमल्सिनालाई अमेरिकाको वासिङ्टन डिसीमा अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी च्याप्टरले तिमल्सिनालाई हालै अभिनन्दन गरेको हो ।
प्लास्टिकको खोला (एकांकी)
मञ्च अन्धकार छ । पर्दा बन्द । नेपथ्यबाट मोटरगाडीको बाक्लो आवाज सुनिन्छ ।
भूत लाग्यो (कथा)
“हजुरआमा !” दोर्जे चिच्यायो । “के भयो दोर्जे ? किन यसरी बोलाएको ?”