• ८ पुस २०८१, सोमबार

शाहलाई सङ्गीत पुरस्कार

blog

मकवानपुर समाचारदाता

मकवानपुर, मङ्सिर २० गते । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ । नेपाली गीत लेखनको क्षेत्रमा पाँच दशकदेखि निरन्तर सक्रिय गीतकार शाहलाई प्रतिष्ठानको १६ औँ संस्करणमा पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर रूपमा नेपाली गीत लेखनको यात्रामा गायन तथा सङ्गीतका हस्तीहरू चन्द्रराज शर्मा, सिके रसाइली, नारायणगोपाल, रञ्जित गजमेर, शम्भुजित बाँस्कोटादेखि मनोहर पाण्डे, प्रकाश श्रेष्ठ, दीपक खरेल, अञ्जु देवी, मीरा राणा, उदितनारायण झालगायतसँग जोडिनु भएको छ । प्रतिष्ठानका महासचिव छवि अनित्यले शाहले नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको सम्मानमा पुरस्कार प्रदान गर्न लागेको जानकारी दिनुभयो ।