‘बजेटमा रूपान्तरित हुनु पर्छ’
सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक सुधार र वृद्धि, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रस्ट अवधारणासहितको नीति सार्वजनिक गरेको छ । अर्थतन्त्रका विज्ञ एवं जेनजी अभियन्ताले सरकारको नीति तथा कार्यक्रममा सुधारको महìवपूर्ण कार्यक्रम समेटिएकाले कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर एवं अर्थविद् डा. चिरञ्जीवी नेपाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् डा. गोविन्दराज पोखरेलले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनले यसको मापन हुने प्रस्ट पार्नुभयो । त्यसै गरी जेनजी आन्दोलनका घाइते लीजा अधिकारी र जेनजी अभियन्ता एवं इन्जिनियरिङका विद्यार्थी प्रवीणकुमार यादवले सरकारको नीति तथा कार्यक्रम समयानुकूल आएको बताउनुभयो ।
पुतलीबजार–४ का वडाध्यक्ष थापा फक्राउ
मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा –४ का अध्यक्ष शिवबहादुर थापालटाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरी पश्चात मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी मन्त्री चौधरीलाई
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गर्नुभएको छ ।
ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
डिजिटल सामग्री तथा एआई आधारित सिकाइ प्रणाली विकास गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि डिजिटल सामग्री तथा एआई आधारित सिकाइ प्रणाली विकास गर्ने भएको छ ।
सोमबार कहाँ कहाँ भयो वर्षा, राति पनि तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
जेन्जी आन्दोलनमा क्षतिग्रस्त सामग्री लिलाम गर्ने निर्णय
कोशी प्रदेश सरकार मन्त्रीपरिषद्ले जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक तथा सवारी संरचनासम्बन्धी सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा प्रस्तुत १०० बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
सुनको गहना चोरीमा संलग्न तीन पक्राउ
धनकुटामा सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ का ३० वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ, २२ वर्षीय प्रेमलाल घिसिङ र वडा १० का २८ वर्षीय राजु तामाङ रहेका छन् ।
गौमुखी गाउँपालिकामा पन्ध्र सय ४५ धारा निर्माण
गौमुखी गाउँपालिका प्युठानले नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ योजना अघि बढाएको छ ।
‘सडक बालबालिका मुक्त नेपाल बनाइने छ’
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि सडक बालकालिका मुक्त नेपाल निर्माण गर्ने बताउनुभएको छ ।
भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताउनुभएको छ ।
कवाडी खोलाले बगाउँदा बालकको मृत्यु
बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार दिउँसो ३ बजे कवाडी खोलामा नुहाउन गएका हिमाली गाउँपालिका –१ मैर्तना निवासी चङ्खलाल थापाका १४ वर्षीय छोरा नवराज थापाको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ज्येष्ठ नागरिकको व्यवस्थापनमा गम्भीर हुन सुझाव
नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या द्रुत गतिमा बढेकाले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन् । विगत दुई दशकमा नेपालमा ६० वर्षभन्दा माथिको जनसंख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकाले परिवार र राज्य यसमा गम्भीर हुनुपर्ने सुझाव उहाँहरुको छ ।
भिरबाट लडेर वृद्धाको मृत्यु
लमजुङको बेँसीसहर नगरपालिका–६, उपल्लो मकैडाँडामा महिलाको भिरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ६४ वर्षीया सुकमाया रिमालको मैयुम भिरस्थित भोटेचौर सामुदायिक वनमा दाउरा खोज्न जाँदा भिरबाट खसेर मृत्यु भएको हो ।
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदहरूको आक्रोश
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको पछिल्लो कदमविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । संसद बैठकमा आज विशेष समयमा बोल्दै उहाँहरुले सो आक्रोश व्यक्त गर्नुभएको हो ।
सरसफाइ सप्ताह २०८३ आजदेखि सुरु (फोटो फिचर)
सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने अभियान सुरु गरेको छ ।
मिडियालाई बलियो बनाउन चाहन्छौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रदेश अस्पतालबाट ६० हजारले लिए स्वास्थ्य सेवा
म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा आठ महिनाको अवधिमा ६० हजारभन्दा बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् ।
दिवसको अवसरमा मितेरी पुलमा सरसफाइ
सरसफाइ दिवसको अवसरमा बीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सोमबार मुलुकको प्रमुख प्रवेशद्वार भनिएको मितेरी पुल, शंकराचार्य प्रवेशद्वारदेखि रजत जयन्तीसम्म सरसफाई कार्य सम्पन्न भएको छ।
ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
डायलायसिस सेवाका लागि जनशक्ति तयार गर्दै बडिगाड
जिल्लाको ग्वालीचौरस्थित १५ शैयाको आधारभूत अस्पतालमा मिर्गौलाका बिरामीलाई डायलायसिस सेवा दिन तयारी थालिएको छ ।
बाँझो जमिनमा उत्पादन र कृषि पर्यटन केन्द्र
सहरको सुविधा र सहज जीवन त्यागेर तनहुँका एक शिक्षक गाउँ फर्किनु भएको छ । खेर गइरहेको ८२ रोपनी बाँझो जमिनलाई उहाँले उत्पादन, पशुपालन र कृषि पर्यटनको केन्द्रमा रूपान्तरण गर्नुभएको हो ।
कृषकको आयआर्जन बढाउन खरायो पैँचो कार्यक्रम
ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गरी किसानको आयस्तर सुधार्न तनहुँमा खरायो पालनलाई व्यावसायिक रूपमा अघि बढाइएको छ ।