पपुलिजमले मुलुकलाई निकास दिंदैनः नेता ज्ञवाली
नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताउनुभएको छ । लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि पनि नियन्त्रण हुनुपर्ने उहाँले बताउनुभयो ।
६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण
सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्जले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी अस्पतालको सहयोगमा मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
पानी पर्दा काँचो ईटामा क्षति, १० करोड रुपियाँको नोक्सान
दुई दिनसम्म परेको पानीका कारण बाँकेमा लाखौं ईटामा क्षति पुगेको छ । ईटा ब्यवसायी संघ बाँकेका अनुसार जिल्लामा करिब ७० ईटा उद्योग सञ्चालनमा रहेकोमा सबै उद्योगमा तयारी अवस्थामा रहेको काँचो ईटा बर्षाले क्षति गरेको हो ।
निर्वाचन सम्पन्न गराउनु सरकारको दायित्व हो : मुख्यमन्त्री शाह
भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
‘निर्वाचन निष्पक्ष बनाउन मिडियाले भूमिका खेल्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आगामी निर्वाचनलाई स्वस्छ, भयरहित र निष्पक्ष बनाउन मिडियाकर्मीलाई भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
चन्द्र नहर पुनर्निर्माणपछि सरकारलाई हस्तान्तरण
नेपालकै पहिलो चन्द्र नहरको पुनर्निर्माणपछि जापान सरकारले बुधबार एक समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित आयोजित हस्तान्तरण समारोहमा जापानका राजदूत सिन्तो एसबारुले नेपाल सरकारका ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजात हस्तान्तरण गर्नुभएको हो ।
चन्द्रप्रसादचौधरी ४७ औं पटक मटाँवा चयन
दाङको घोराही उपमहानगरपालिका वडा १० जलौराका चन्द्रप्रसाद चौधरी पुनः मटाँवामा चयन हुनुभएको छ । उहाँ मटाँवा चयन भएको यो ४७ औं पटक हो।
धनुषा क्षेत्र नं. ३ मा मतदाता रिझाउँदै उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमार्फत मतदाता रिझाउन लागिपरेका छन् ।
उम्मेदवार चुनावी रणनीतिमा व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै निर्वाचनको माहोल तातिँदै गएको हो ।
थोरै मतदाता, कसिलो प्रतिस्पर्धा
मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ ।
दाङ–१ मा बहुपक्षीय प्रतिस्पर्धा
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधि सभा निर्वाचन यस पटक बहुपक्षीय प्रतिस्पर्धाका कारण चासोको केन्द्र बनेको छ । सत्तारूढ तथा प्रतिपक्षी दलका अनुभवी नेतादेखि नयाँ राजनीतिक शक्तिसम्मको सहभागिताले यस निर्वाचन क्षेत्रको समीकरण थप जटिल र रोचक बनेको छ ।
मकवानपुरमा मुख्य दलबिच नै प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस पटक गहिरो प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ चुनावी प्रक्रियामा अभ्यस्त नेतादेखि नयाँ योजना बोकेर पहिलो पटक संसदीय चुनावी प्रतितस्पर्धाका लागि निस्किनुभएका पुस्ताबिच गहिरो प्रतिस्पर्धा हुने देखिएको छ ।
विधेयक पारितमा बागमती अग्रणी
बागमती प्रदेश सभामा हालसम्म ८९ वटा कानुन निर्माण भएका छन् । बागमती प्रदशे सभाबाट ९० विधेयक पारित भए पनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् ।
चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार
४० वर्षीय रमेश परियार मुलुकमा चरम भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतीकरणलाई मान्नुहुन्छ । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उहाँ सुशासनको एजेन्डा बोकेर आफैँ चुनावी मैदानमा होमिनुभएको छ । उहाँ सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
हिमपातले यातायात अवरुद्ध
हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । गत शुक्रबार परेको हिमपातमाथि फेरि मङ्गलबार रातिबाट हिमपात सुरु भएपछि सडकमा बाक्लो हिउँ जमेकाले यातायात सेवा अवरुद्ध भएको हो ।
नयाँ अनुहारसँग गौरीशङ्करको प्रतिस्पर्धा
कैलाली क्षेत्र नम्बर ३ मा दुई पटक प्रतिनिधि सभा र एक पटक संविधान सभा निर्वाचनमा उम्मेदवार भइसक्नु भएका पूर्वमन्त्री गौरीशङ्कर चौधरी यस पटक अधिकांश नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य चौधरीले नेपाली कांग्रेसका भीमबहादुर बडुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यद्यपि मुख्य प्रतिस्पर्धामा रहेको
एक मात्र महिला उम्मेदवार चुनावी मैदानमा
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट एक जना मात्रै महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । १६ वटा दलले पुरुषलाई उम्मेदवार बनाउँदा एक दलले मात्रै महिलालाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर ३ मा आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट लक्ष्मीकुमारी विष्ट भट्ट उम्मेदवार बन्नुभएको छ । भट्ट पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएको हो ।
मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
भरतपुर महानगरपालिका–१४, राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
आसन्न निर्वाचनले युवामा जगाएको आशा
प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनले युवाका लागि अवसरको ढोका खोल्नेमा युवापुस्ता आशावादी देखिएका छन् । धनगढीमा भएको प्रदेशस्तरीय युवा मञ्चमा सहभागी भएका उनीहरू फागुन २१ को निर्वाचनले युवालाई नेतृत्व र अवसर दिनेमा आशावादी देखिएका हुन् । जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनले युवामा एउटा सकारात्मक तरङ्ग पैदा गरेको उनीहरूको ठम्याइ छ ।
चुनावी मैदानमा कर्णालीका ‘जेनजी’
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा सुर्खेतका रवि हमाल ठकुरी पनि आन्दोलन सफल बनाउन सडकमा उत्रिनुभयो । आन्दोलनले उठाएका एजेन्डा पूरा गराउन उहाँले त्यसपछि पनि निरन्तर खबरदारी गरिरहनुभयो । कहिले लेखेर, कहिले बोलेर त कहिले सडकमै उत्रिएर उहाँले राजनीतिक दलदेखि सुशीला कार्की नेतृत्वको सरकारलाई समेत जेनजी विद्रोह नभुल्न र त्यसले उठाएका मुद्दाको उचित सम्बोधन गर्न सचेत गराइरहनुभएको छ ।
कांग्रेसको गाउँफर्क अभियान
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले सञ्चालन गर्ने गतिविधि र मुख्य प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनबाट
चिकित्सक पनि चुनावी मैदानमा
आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा विगतमाभन्दा धेरै चिकित्सकले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा स्वतन्त्र ढङ्गले उम्मेदवारी दिनेमा चिकित्सक पनि छन् । विगतको तुलनामा यो पटक विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा चिकित्सक चुनावी मैदानमा धेरै उत्रिएका छन् । स्वास्थ्य क्षेत्रको विकास, जनस्वास्थ्य नीति, स्वास्थ्य शिक्षालगायतका विषयमा प्रत्यक्ष अनुभव बोकेका चिकित्सकले उम्मेदवारी दिनुलाई यस पटकको निर्वाचनमा महìवकासाथ हेरिएको छ ।