नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।
सरकार विधिसम्मत चल्नुपर्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार पाँच वर्षसम्म टिक्नुपर्ने बताउँदै संविधान, कानुन र विधिअनुसार सञ्चालन भएमा नेपाली कांग्रेसले सरकारलाई सहयोग गर्ने बताउनु भएको छ ।
थाक टुकुचे गाउँ र धौलागिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका-१ स्थित स्व. कवि भूपि शेरचनको जन्मथलो थाक टुकुचे गाउँ । पृष्ठभूमिमा धौलागिरि र पानापाथी हिमाल ।
मर्स्याङ्दी बेँसी जलविद्युतका लागि जुट्यो लगानी
लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ७ अर्ब ५० करोड रुपियाँ ऋण लगानी गर्ने सम्झौता भएको हो ।
स्वास्थ्यमन्त्रीद्वारा प्रादेशिक अस्पतालको निरीक्षण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ ।
तनहुँ जलविद्युत् आयोजना बाँध निर्माणस्थल
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ अन्तर्गतको बाँध निर्माणस्थल । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ ।
नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –६ मा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापिठ र गजेन्द्र मोक्ष दिब्यधाम बचाउन नारायणी नदी किनारमा तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ ।
बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
कुशलचन्द्रको कृषि क्रान्ति : पाँच जनालाई रोजगारी
पढे–लेखेका युवाहरू जागिरको खोजीमा सहर र विदेश पलायन भइरहेका बेला तनहुँका कुशलचन्द्र अधिकारीले गाउँमै कृषि व्यवसायबाट उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ ।
छुसाङ–घमी सडकलाई जुट्यो ३ अर्ब १५ करोड स्रोत
गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रेका लागि स्रोत सुनिश्चित भएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
गोरखामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ९ ः १५ बजेको समयमा गोरखा नगरपालिका –१३ को तीनकिलोस्थित गोरखा आँबुखैरनी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बेँसीसहरमा बजार अनुगमन, अनिवार्य मूल्यसूची राख्न निर्देशन
लमजुङ सदरमुकाम बेँसीसहरमा व्यवसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ । मूल्य पारदर्शिता सप्ताह अन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।
काठेखोलाको अक्षते–तंग्राम सडक कालोपत्र
जिल्लाको काठेखोला गाउँपालिकाको अक्षते बजारदेखि तंग्राम जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । काठेखोला –२ को अक्षतेदेखि वडा ४ तंग्राम जोड्ने सडकको १ किलोमिटर ७ सय मिटरखण्ड कालोपत्र गर्न लागिएको हो ।
पर्वतका किसानलाई अनुदानमा एक लाख २३ हजार माछाका भुरा
पर्वतका मत्स्यपालक कृषकलाई माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शतप्रतिशत अनुदानमा पर्वतका ५७ जना कृषकलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको हो ।
पुतलीबजार सब–इन्जिनियरमाथि कार्यकक्षमै कुटपिट
पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नं. ३ का बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ ।
जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै
विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रुपमा पहिचान गरिएको थियो ।
स्याङ्जामा चार विद्यालयको एसइई नतिजा शून्य
स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ ।
तिजी पर्व अवलोकन गर्न तीन सयभन्दा बढी विदेशी पर्यटक
लोमन्थाङ गाउँपालिका मा बुधबारदेखि सुरु भएको १५औँ शताब्दीको ऐतिहासिक तथा सांस्कृतिक ‘तिजी’ पर्व अवलोकन गर्न ३ सयभन्दा बढी विदेशी पर्यटक पुगेका छन् ।
तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्याले गर्दा तनहुँमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बुधबारदेखि अवरुद्ध भएको छ ।
सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका
धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो ।
चट्याङ लागेर बागलुङमा दुई जना घाइते
जिल्लामा चट्याङ लागेर दुई जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ वर्षासँग परेको चट्याङ लागेर काठेखोला गाउँपालिका वडा नंं १ पालाका २६ वर्षिय अनिल थापा र सोही स्थानका ७० वर्षीय रजि थापा घाइते हुनुभएको हो ।
पशुपालनमा रमाइरहेका सापकोटा
कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आउनुभएको बलराम सापकोटाले व्यवसाय बन्द गर्नुप¥यो ।
मनास्लु हिमाल आरोहणकोे ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
मनास्लु हिमाल आरोहणकोे ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् । प्रथम पटक सन् १९५६ मे ९ मा
एसइईमा तनहुँका तीन विद्यालयको नतिजा शून्य
यस वर्ष सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँ जिल्लाका तीनवटा विद्यालयको नतिजा शून्य आएको छ ।