स्याङ्जामा चार जनाको उम्मेदवारी फिर्ता
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उमेदवारी फिर्ता लिएका छन् ।
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिनुभएको छ । डा. बाबुराम भट्टराईले शुक्रबार आफ्ना निकटवर्ती नेताहरूसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिनुभएको हो ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।
पुल बनेसँगै हट्यो प्रहरीको चौबिस घण्टा पहरा
नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको चोरमारामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ । बिहीबारदेखि नयाँ पुल सञ्चालनमा आएसँगै प्रहरीको चौबिस घण्टे ड्युटी पनि हटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रधान न्यायाधीशद्वारा उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन
उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन गरिएको छ । भवनको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत उद्घाटन गर्नुभएको छ ।
म्याग्दीका ६० मतदानस्थलको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाका मतदानस्थलको सुरक्षा निकायद्वारा अनुगमनलाई तिव्र पारिएको छ ।
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदानस्थल अति संवेदनशिल रहेको पाइएको छ ।
इजाजतप्राप्त हतियार बुझाउन मुस्ताङ प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
अन्नपूर्ण आधार शिविरमा टेलिकम र विद्युत् लाइन विस्तार गर्न सर्वे
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङस्थित पर्यटकीय स्थल अन्नपूर्ण आधार शिविरमा नेपाल टेलिकमको टावर र विद्युत लाइन विस्तारका लागि सर्वे गरिएको छ ।
मतदाता खोज्दै मुस्ताङका उम्मेदवार पोखरामा
मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार योगेशगौचन थकाली मतदाता भेट्न पोखरा निस्किनुभयो । नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट र नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङसमेत मतदाता भेटघाटका लागि पोखरामा व्यस्त हुनुहुन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तालगत्तै जिल्लामा रहेका नेता, कार्यकर्तासँग सामान्य चुनावी छलफल गरेपछि तिनै ठुला दलका उम्मेदवार मतदाता खोज्दै जिल्लाबाहिर गएका छन् ।
प्रदेशभरि अठार लाख मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पुरुष मतदाता सङ्ख्या नौ लाख १४ हजार ५३५ र महिलाको सङ्ख्या नौ लाख ५५ हजार ५१६ रहेको छ । गण्डकी प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको छ ।
इजाजत प्राप्त हातहतियार बुझाउन बागलुङ प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय, बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
एमाले स्याङ्जाले बनायो निर्वाचन परिचालन कमिटी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा क्रियाशिल दलहरुले आन्तरिक तयारी सुरु गरेका छन् । उमेदवारको मनोनयन दर्ता गरेसँगै दलहरुले मतदाता केन्द्रित अभियान चलाउन सुरु गरेका हुन् ।
पात्लेखेतको एउटै बगानबाट ६ लाखको सुन्तला बिक्री
जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम पात्लेखेत गाउँका कृष्णबहादुर र खिमबहादुर पुन दाजुभाईले सुन्तला बिक्री गरेर यसवर्ष ६ लाख रुपियाँभन्दा बढी रकम गाउँ भित्र्याउन सफल हुनुभएको छ ।
तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सुरु
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला/पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आज दुई खेल हुँदै
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा शुक्रबार दुई खेल हुँदै छन् । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा शुक्रबार पहिलो खेल समूह सीको आँधीखोला गाँपालिका र गल्याङ नगरपालिकाबिच हुनेछ ।
तनहुँका आठ अतिसंवेदनशील केन्द्रमा विशेष निगरानी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा अतिसंवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था अपनाइने भएको छ ।
चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता आजदेखि
थो संस्करणको चिल्ड्रेन लाइफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
कराँते प्रतियोगिताको तयारी पूरा
म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि हुने धौलागिरि अञ्चल स्तरीय प्रथम कराँते प्रतियोगिताको तयारी पूरा भएको छ ।
नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम
नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिनु भएको छ। दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराउनु भएको थियो।
कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ। यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।
मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन ।
मर्स्याङ्दीबेँसी जलविद्युत बनाउन दलहरू सहमत
मर्स्याङ्दी नदीमा बन्न लागेको ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजना बनाउन जिल्लास्थित सबै राजनीतिक दलहरु सहमत भएका छन् । आयोजनाले स्थान र डिजाइन परिवर्तन गर्ने भएपछि दलहरु निर्माण गर्न दिन सहमत भएका हुन् ।
निवेदन दिएकाे दस वर्षपछि आमाको नामबाट नागरिकता
बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले एक दशकभन्दा लामो प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । नागरिकता ऐन, २०६३ को संशोधित व्यवस्था कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको हो ।