निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो ।
पृथ्वी राजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी
जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो ।
गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो
जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ ।
साहित्यकार कँडेललाई लेखनाथ पुरस्कार
साहित्यकार घनश्याम कँडेललाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित यो पुरस्कारको राशी एक लाख रुपियाँ र सम्मानपत्र छ ।
आकर्षक र सुन्दर भुस्कात गाउँ
बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर १ को भुस्कात गाउँ । तस्विरः अर्जुन कार्की
गोरखापत्रकर्मी नहर्की सम्मानित
बन्दीपुर, तनहुँ बन्दीपुर–६, खहरेटारस्थित मिलिजुली युवा क्लबले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरेको छ ।
बन्दीपुरमा पर्यटन प्रवर्धनका लागि एक हजार कलाकारको कौरा प्रदर्शन
पहाडकी रानी भनेर चिनिने पर्यटकीय नगरी बन्दीपुरले नेपाली सांस्कृतिक इतिहासमै सुनौलो अक्षरले लेखिने एउटा क्षण सिर्जना गरेको छ ।
कोरला नाकामा पक्की संरचना बनाउन सम्भाव्यता अध्ययन सुरू
नेपाल–चीन जोड्ने कोरला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन, गोदामसहित अन्य आवश्यक पर्ने भौतिक पूर्वाधार बनाउन अर्थ मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को अध्ययनको थालनी गरिएको हो ।
चन्दननाथ नगरपालिका क्षेत्रमा दुई सय सडक बत्ती जडान
जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउन सडक बत्ती जडान कार्य थालनी गरेको छ । नगरको बजार क्षेत्रलाई उज्यालो बनाउन पहिलो चरणमा सडक बत्ती जडान कार्य थालेको हो ।
चर्चित कलाकारको प्रस्तुतीले बढायो बागलुङ महोत्सवमा रौनकता
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बाङेचौरस्थित खेल मैदानमा आठौं बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा रौनक बढाउने काम भने चर्चित कलाकारहरुको जमघटले बनाएको छ ।
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ ।
च्याउ नचिनेर खानु हानिकारक
मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ गाउँपालिकाको वनजङ्गल र खर्कमा पाइने रातो च्याउ स्वादिलो र पोसिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरेको छ । रातो जङ्गली च्याउ उम्रिने समयमा स्था
पुतलीबजार नगरपालिकामा आज शोक बिदा
स्याङ्जाको पुतलीबजार नगरपालिकामा आज (बुधबार) शोक बिदा दिएको छ । नगरपालिकाको सफाई केन्द्रमा कार्यरत कर्मचारी गिता शिवाको निधन भएको भन्दै पालिकाले बुधबार सार्वजनिक (शोक) बिदा दिएको हो ।
गाउँमा झल्किन्छ परम्परागत वस्तीको सुन्दरता
म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनाको सुन्दर वस्ती । परम्परागत मौलिक शैलीमा निर्माण गरिएका ढुङ्गे घरहरुले ग्रामीण जिवनशैलीलाई झल्काउँछ ।
मौरिस हर्जोग पदमार्गबाट फोहोर सङ्कलन
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गमा पर्यटकले फालेको फोहोर सङ्कलन गरिएको छ । पर्यटकीय सिजन असोजदेखि मङ्सिरसम्म आधार शिविरमा पुगेका पर्यटकहरुले फालेको फोहोर एकहप्ता लगाएर सङ्कलन गरिएको हो ।
लमजुङमा एक लाख ३७ हजार मतदाता कायम
आगामी फागुन २१ गतेको सङ्घीय निर्वाचनमा लमजुङमा एक लाख ३७ हजार एक सय २४ ले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले एक लाख ३७ हजार एक सय २४ जना मतदाता रहेको जनाएको हो ।
मतदानस्थलको निरीक्षण
म्याग्दीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलको स्थलगत निरीक्षणलाई तीव्र पारिएको छ ।
लमजुङ अदालतमा १० करोड ५० लाख जरिवाना असुल गर्न बाँकी
लमजुङ जिल्ला अदालतले विगतमा फैसला भई जरिवाना तोकिएको १० करोड ५० लाख ४७ हजार २६ रुपियाँ रकम असुल गर्न बाँकी रहेको छ । लमजुङ जिल्ला अदालतमा गत कात्तिक मसान्तसम्म यतिका रकम असुल गर्न बाँकी रहेको छ ।
दमौलीमा तमु ल्होसारको रौनक
तनहुँका गुरुङ समुदायले पर्व ‘तमु ल्होसार’ (नयाँ वर्ष) मङ्गलबार दमौलीमा भव्यताका साथ मनाएका छन् । पुस १५ को अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको आयोजनामा निस्किएको साँस्कृतिक झाँकी र र्यालीले दमौली बजारको रौनक बढाएको थियो ।
नेकपाले थाल्यो म्याग्दीमा चुनावी अभियान
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी अभियान थालेको छ । पार्टीका तर्फबाट सम्भावित उम्मेदवार र एकताको सन्देशसहित नेकपाले गाउँ केन्द्रित अभियान थालेको हो ।
चरन क्षेत्र हिउँले छपक्कै पुरियो, चौरीलाई बस्तीमा झारियो
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्ने, पानी र चरन अभावका कारण याकचौरी बेसी झारिएका छन् ।
नाका खुलेपछि स्थानीयलाई भ्याइनभ्याइ
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरुङले सिकर्मी छोडेर कोरला नाकामा व्यवसाय सुरु गर्नुभयो । छोसेर र ल्होमन्थाङ क्षेत्रमा सार्वजनिक भवन, व्यक्तिगत घर बनाउन जाने गुरुङ दुई वर्षअगाडिदेखि नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ । युवा व्यवसायी गुरुङले कोरला नाका घुम्न जानेलाई आफ्नो पसलमा लगेर सामान बिक्री गर्नेदेखि सीमापारि पुगेर सामान खरिद गरी मनग्गे आम्दानी गर्नुहुन्छ ।
प्रदेशको विकासका लागि सङ्घीयता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले शिक्षा, जलस्रोतका क्षेत्रमा प्रदेशका जनतालाई सुविधा सम्पन्न गराएर अघि बढ्ने सङ्कल्प गरेको बताउनुभएको छ । उहाँले प्रदेशको विकासका लागि सङ्घीयता चाहिएको प्रमाणित भएको बताउनुभयो ।