फेवा अतिक्रमण हटाउने कार्य तीव्र
गण्डकी क्षेत्रका कैयौँ मानिसको जीविकोपार्जन र मुलुककै पर्यटकीय अर्थतन्त्रमा ठुलो योगदान दिएको पोखराको फेवाताल मानवीय र प्राकृतिक दुवै थरी अतिक्रमणले खुम्चिँदै गएको छ । यसको संरक्षणका लागि सरकारका प्रयास तथा अतिक्रमण हटाउन अदालतका आदेशसमेतलाई बेवास्ता भइरहेको सन्दर्भमा नयाँ निर्वाचित सरकारका प्रधानमन्त्री वालेन्द्र शाहको प्राथमिक चासोमै फेवा अतिक्रमण हटाउने कार्य परेको छ ।
उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा कँडेल
नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्यासी नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल निर्विरोध हुनुभएको हो ।
उद्धार गरिएको मृगको बच्चालाई थप उपचारका लागि कास्की पठाइयो
डिभिजन वन कार्यालय तनहुँले भीमाद नगरपालिकाबाट उद्धार गरिएको घाइते एक मृगको बच्चालाई थप उपचार र संरक्षणका लागि कास्की पठाएको छ ।
पोखरामा ट्रान्स पार्टीबाट ३८ जना पक्राउ
पर्यटन नगरी पोखराको फेवातालमाथि रहेको सेदीको जङ्गल नजिकैको एउटा पुरानो घरमा ट्रान्स पार्टी आयोजना गर्ने र सहभागी गरी कास्की प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ ।
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु
तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेवाताल मापदण्डमा पर्ने सरकारी संरचना पहिले हटाउँछौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताललाई चाँडै अतिक्रमण मुक्त पारी सौन्दर्यकरणसमेत गर्न सरकार दत्तचित्त रहेको उल्लेख गर्नुभएको छ ।
५० किलोको तरुल उत्पादक कृषक सारू पुरस्कृत
तनहुँको खैरेनीटारमा जारी पाँचौँ शुक्लागण्डकी महोत्सव अन्तर्गत आयोजित कृषि प्रदर्शनीमा भीमकाय तरुल उत्पादन गर्ने कृषक पुरस्कृत हुनु भएको छ ।
पसगाउँ महोत्सव हुने
आन्तरिक तथा बाह्य पर्यटक बोलाउन लमजुङको क्व्होलासोंथर गाउँपालिका–६, पसगाउँवासी महोत्सव गर्ने तयारीमा जुटेका छन् ।
फेवातालको मापदण्ड भित्रका जग्गाको वर्गीकरण प्रक्रिया अघि बढ्दै
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेवातालको ६५ मिटर मापदण्ड भित्र परेका जग्गाको वर्गीकरण कार्य अगाडि बढेको बताउनुभएको छ ।
सेती नदीमा अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा
तनहुँ प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र ठुलो परिमाणमा लागु औषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
ढोरपाटनमा दादुरा सङ्क्रमितको सङ्ख्या दुई सय नाघ्यो
पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । गत फागुन पहिलो सातादेखि फैलिएको सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
मुस्ताङमा दुई सय बढी किशोरीलाई ‘एचपिभी’ खोप
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मुस्ताङमा २०० भन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै छ।
कालीगण्डकीमा प्रहरीबाट फरार भएका युवक बेपत्ता
पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक प्रहरीको चेकजाँचको क्रममा कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका छन्।
सार्वजनिक सेवालाई दूरदराजसम्म पुर्याउँछु
बागलुङ–२ बाट निर्वाचित सांसद सोम शर्माले दुर्गम क्षेत्रलाई सुगम बनाउन पूर्वाधारको विकास गर्ने बताउँदै दुर्गमका नागरिकको सेवामा आफू खटिने जनाउनुभएको छ । उहाँले ढोरपाटनमा विश्व बजारका पर्यटक भित्र्याउने भन्दै मध्यपहाडी लोकमार्ग कालोपत्रेका लागि पहल गर्ने बताउनुभएको छ ।
परीक्षार्थी कम भएपछि रघुगङ्गाको एसइई केन्द्र हटाइयो
म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी संख्या घटेपछि यस वर्ष एउटा स्थानीय तह परीक्षा केन्द्रविहीन बनेको छ ।
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताउनुभयो ।
अन्तरपालिका भलिबलको फाइनलमा बौदीकाली र अर्जुनचौपारी
तनहुँमा आयोजित पाँचौँ शुक्लागण्डकी महोत्सवको अवसरमा आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि नवलपुरको बौदीकाली गाउँपालिका र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका भिड्ने भएका छन् ।
लागुऔषध सेवन गरेर सवारी चलाउने चार चालक पक्राउ
लागुऔषध सेवन गरेर सवारीसाधन चलाइरहेका चार चालकलाई स्याङ्जामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वाग्ले अर्थमन्त्री बनेपछि तनहुँमा विकासको अपेक्षा
तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएपछि तनहुँवासी उत्साहित भएका छन् ।
पर्यटनमन्त्रीसँग पोखरेलीको अपेक्षा : ‘विदेश उडान होस्, फेवा जोगियोस्’
पर्यटन राजधानी पोखराकै बासिन्दा खडकराज पौडेल (गनेस) सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएपछि पोखरेली उत्साहित छन् ।
घले हार्भेष्टिङ अष्ट्रेलियाले जित्यो कालीका कप उपाधि
चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालीका कप’ भलिबलमा पुरुषतर्फको उपाधि घले हार्भेष्टिङ अष्ट्रेलियाले जितेको छ ।
फेवातालमा रमाउँदै पर्यटक
पर्यटकीय नगरी पोखरास्थित फेवातालमा बोटिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक ।
जलवायु मैत्री खेतीका लागि किसानलाई मल्चिङ प्रविधि तालिम
घोराही उपमहानगरपालिकाको सहकार्यमा आर्क नेपालले घोराही उपमहानगरपालिका वडा नम्बर ६ र ७ का किसानलाई जलवायु मैत्री कृषि परियोजना अन्तर्गत दुई दिने मल्चिङ प्रविधि तालिम प्रदान गरेको छ ।
हराउँदै परम्परागत घुमाउने घर
तनहुँमा परम्परागत ‘घुमाउने घरहरू लोप हुँदै जान थालेका छन् । केही वर्ष अघिसम्म जिल्लाका दरै बस्तीहरूमा बाक्लै देखिने यस्ता मौलिक घरहरू अचेल फाट्टफुट्ट मात्रै देख्न पाइन्छ ।