• १८ चैत २०८२, बुधबार

उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा कँडेल

blog

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित नरेश कँडेल ।

रामकृष्ण बोहरा

बागलुङ, चैत १७ गते । नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्यासी नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल निर्विरोध हुनुभएको हो ।

कँडेल बागलुङ उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अन्य पदमा निर्विरोध भए पनि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो । महासंघले चैत मसान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने जनाएको छ । 

समितिको जिल्ला नगर उपाध्यक्षमा मृगेन्द्र घिमिरे, एसोसिएट उपायक्षमा सूर्यबहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र ओझा निर्विरोध निर्वाचित हुनुभएको छ । नौ सदस्य पनि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । तीन सदस्य भने अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष कँडेलले गण्डकी प्रदेशमा पर्यटन प्रवर्धनमा अगुवाइ गर्ने प्रतिवद्वता जनाउनुभयो । वस्तुगत र एसोसिएट संस्थाहरूको क्षमता विकास गरी राज्यलाई कर तिर्न सक्ने बनाउने कँडेलको योजना छ ।